कांग्रेसका बर्मा लामा जुवाखालबाट पक्राउ

समाधान संवाददाता २०७८ कार्तिक १९ गते १४:४०

नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

Advertisement

प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।

बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया