मिस नेपाल २०१९ मा सहभागी हुन् मिस नेपाल शृंखलाकाे आह्वान

समाधान
मिस नेपाल २०१८ शृृंखला खतिवडाले मिस नेपालमा युवतीलाई सहभागी हुन आह्वान गरेकी छन् । मिस नेपाल प्रतियोगिता युवतीका प्रतिभा र क्षमता बढाउने अवसर भएको भन्दै सहभागी हुन सबैलाई आग्रह गरिन् ।
मिस नेपाल २०१९ का लागि पोखरा अडिसनमा आएकी खतिवडाले हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थी सहित सबैलाई भाग लिन आह्वान गरेकी हुन् । उनले पोखरा अडिसनमा छुटेका सबैलाई काठमाडौं अडिसनमा भाग लिन सुझाइन् । ‘यो सबैको लागि अवसर हो,’ उनले भनिन् ‘अवसरको सदुपयोग गर्नुपर्छ, पढाइ सँगसँगै क्षमता पनि बढाउनु पर्छ ।’
मिस नेपालमा भाग लिन उचाइ ५ दशमलव ४ इन्च, कक्षा १२ पास र १९ देखि २५ वर्ष उमेर समूहको हुनुपर्छ । वैशाखमा आयोजना हुने २५ औं मिस नेपालको आयोजना हिडन ट्रेजरले गनेछ । कार्यक्रममा हिडन ट्रेजरका दिवाकरराज राजकर्णिकारले मिस नेपालका उत्कृष्टले अन्तर्राष्ट्रिय ५ वटा प्रतिस्पर्धामा भाग लिन पाउने जानकारी दिए ।
हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रदीप खनालले मिस नेपाल प्रतियोगिताले युवतीको क्षमता बढाउन सहयोगी भएको बताए । हिमाल कलेज अफ म्यानेजमेन्ट क्याम्पस प्रमुख हरि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका एमडी सुदन मुल्मी, रेशम सापकोटा, रीता गुरुङ, हिलसाइड बोर्डिङ स्कुलका निर्देशक पीताम्बर अधिकारी, अध्यक्ष लीला पराजुली लगायतले मिस नेपाल खतिवडा, मिस अर्थ २०१७ रोजिना श्रेष्ठ लगायतलाई मायाको चिनो वितरण गरेका थिए ।









पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया