कास्कीका डिएसपीको सरुवा

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालको बिहीबार सरुवा भएको छ । हमालको जिल्ला प्रहरी कार्यालय मुगुमा सरुवा भएको हो । हमाल पोहोर जेठ २४ गतेदेखि कास्कीमा कार्यरत थिए ।
हमालले कास्कीमा प्रहरी प्रवक्ताको जिम्मेवारीसमेत सम्मालेका थिए । हमालको ठाउँमा सरुवा भएर डिएसपी सुन्दर तिवारी आउने भएका छन् । तिवारी यसअघि वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकानपुरमा अन्वेषण योजना शाखामा कार्यरत थिए ।
प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना (प्रहरी नायब उपरीक्षक) डिएसपीको सरुवा गरेको हो । प्रहरी हेडक्वार्टरले मंसिर महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट भुक्तानी हुने गरी विभिन्न, जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमुख, महानगरीय प्रहरी वृत्त, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डिएसपीको सरुवा गरेको हो ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया