कृषि

मार्फामा कम फल्यो स्याउ, किसानलाई करोडौं घाटा

करिव ६० हेक्टर क्षेत्रफलमा लगाईएको यो वर्षको स्याउ कमसल फलेको हो

सुन्दरकुमार थकाली २०७८ कार्तिक २६ गते १९:२३

मुस्ताङमा स्याउको राजधानी कहा हो भन्दा धेरै पारखीले बुझ्ने गर्छन मार्फा । स्याउ उत्पादन र यसको सौन्दर्यतालाई जोडेर गीत समेत बन्यो ‘ क्या राम्रो स्याउबारी मार्फा गावैमा’ । २०४० को दशक अघि मार्फाबाटै मुस्ताङमा स्याउ खेती सुरु भएको थियो ।
मुस्ताङको महत्वपूर्ण नगदेबाली हो स्याउ । त्यसो त मार्फासंगै मुस्ताङका अन्य गाउहरुमा पनि स्याउ उत्पादन हुन्छ । मार्फाली किसानले बर्सेनि स्याउ उत्पादन गरेर कराडौं रुपमा भित्र्याउछन् ।कृषि र पर्यटनले महत्वपूर्ण मानिएको मुस्ताङको मार्फाली किसानले यो बर्ष भने स्याउ उत्पादनमा करोडौं रुपिया क्षति ब्यवहोर्न पुगे ।
जलवायु परिवर्तनले मुस्ताङको जनजिवन पछिल्लो समेत प्रभावित बन्दै जान थालेको छ । मौसम परिवर्तन ,लगातारको बर्षा,असमान प्रकारको हिमपात लगायतका कारण स्याउमा विभिन्न रोगका प्रकोपहरु देखिदा मार्फालीले किसानले ठुलो क्षति ब्यवहोर्न पुगेका हुन् ।मार्फाली किसान सकबहादुर लालचनले गत वर्ष र यसवर्ष स्याउ उत्पादनमा करोडौंको क्षति भएको बताए । मुस्ताङको मार्फामा स्याउ बोटमा स्क्याप रोग र सान जोस स्केल किराको प्रकोप देखिदा गुणस्तरीय स्याउ उत्पादनमा हस आएको स्याउ किसानले लालचनले उल्लेख गरे ।

Advertisement

उनका अनुसार मार्फाको धवाङ क्षेत्र,वेनभच क्षेत्र,सपी क्षेत्र र मार्फा गाउ गरी करिव ६० हेक्टर क्षेत्रफलमा लगाईएको यो वर्षको स्याउमा कमसल स्याउ फलेको हो ।स्याउ किसान लालचनले गुणस्तरीय स्याउ नफल्दा किसानले १ सय रुपैया केजीमा बिक्री गर्नुपर्ने स्याउ १० रुपैया केजीमा समेत बिक्री हुन नसकेको जानकारी दिए । ‘ स्याउमा प्रकोप देखिदा गुणस्तरीय स्याउ फल्न सकेन ,’स्याउ किसान लालचनले भने,‘ स्याउ गुणस्तरहिन हुदा सहजै बिक्री हुन सकेन ,स्थानीय डिस्टिलरी उद्योगलाई सस्तो मुल्यमा बेच्न बाध्य भयौं ।’
मुस्ताङको मार्फामा करिव १ सय २०घरधुरी छन् । जसमध्ये अधिकांशले स्याउ खेती गरेका छन् ।स्याउ किसान लालचनले स्याउ बोटमा प्रकोप देखिएको र कम गुणस्तरको स्याउ फलेकाले सामान्य किसान घरधुरीले पनि कविर २ देखि ५ लाखसम्म क्षति ब्यवहोर्नु परेको उल्लेख गरे । ठुला स्याउ किसानले भने ३० लाख भन्दा बेसी क्षति ब्यवहोर्नु परेको लालचनको भनाई छ ।
मुस्ताङको मार्फामा स्याउ उत्पादनमा हस र गुणस्तरीय स्याउ नफल्नुमा मौसम प्रतिकुलताका कारण बगैचा ब्यवस्थापन समस्या आएको हो । लगातारको अविरल वर्षाले किसानले प्रकोप नियन्त्रण गर्न नसक्दा स्याउ बोटमा रोगको संक्रमण देखिएको थियो ।तर ,मार्फाका ठुला स्याउ किसान बिष्णुराज हिराचनले भने स्याउमा क्षति ब्यहोर्न नपरेको उल्लेख गरे ।‘ मैलै जर्मनबाट आयातित प्रकोप नियन्त्रण औषधि प्रयोग गरे। अरुले अनुदानमा आएको कमसल खालको औषधि प्रयोग गरे । स्याउ बगैचा ब्यवस्थापनमा कन्जुस्याई र उचित ब्यवस्थापन गर्न नसकेमा यस्तै प्रकारको क्षति हुन्छ ’उनले भने ।’
कृषि ज्ञान केन्द्र मुस्ताङले मार्फा क्षेत्र बाहेक वारागुङ मुक्तिक्षेत्र ,जोमसोम,ठिनी,ढुम्बा,स्याङ, र टुकुचे लगायतमा स्याउ उत्पादन राम्रो भएको जनाएको छ । केन्द्र प्रमुख प्रकाश बस्ताकोटीले वारागुङ मुक्तिक्षेत्रमा कम वर्षा भएको र अन्य किसानले बगैचा ब्यवस्थापनमा ध्यान दिएकाले स्याउको गुणस्तर राम्रो भएको बताए ।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार मार्फामा स्याउ बोटमा सान जोस स्केल प्रकोप बोटको हांगामा संक्रमण भईसकेको फल कम गुणस्तरको फल्ने ,उत्पादनमा कमी ह्रास आउने र फलको भित्र स—साना घाउहरु हुने गर्छ । यस्तै, स्याउ बोटमा स्क्यापको प्रकोपले स्याउ बोटको पात र फलमा खैरो कालो धब्बा लाग्ने ,फल सानो आकारको हुने र बोटले कम उत्पादकत्व दिने आदी हुन्छ । यसैका कारण मार्फामा यसप्रकारको रोग देखिएकाले स्याउमा किसानले क्षति ब्यवहोर्न पुगेको केन्द्रको ठम्याई छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया