गण्डकी संयोजक भण्डारीसहित विवेकशील साझाबाट १३ जनाको राजीनामा

पोखरा
विवेकशील साझा पार्टीका सचिवालय सदस्यसमेत गण्डकी प्रदेश संयोजक महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको विचार, शैली र एकताको मर्मका विषयमा असहमत हुँदै भण्डारीले राजीनामा दिएका हुन् ।
पछिल्लो समय पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज, हिन्दु धर्म सापेक्ष राज्यका लागि जनमत संग्रहको पक्षमा पार्टी नीति बनाएका छन् र त्यसलाई पार्टीका दुई तिहाई केन्द्रीय सदस्यले पारितसमेत गरिसके । भण्डारीले पार्टीमा देखिएको दुईधारबीच एकताका लागि दबाब स्वरुप पहिल्यै राजीनामा दिएको बताए ।
विवेकशील र साझा एकीकरणपछि एकताको मर्मअनुसार सबैलाई समेटेर अघि बढ्न पार्टी नेतृत्व अनिच्छुक देखिएको हुँदा आफूसहित अरु साथीहरु पनि पार्टीमा बस्न नसकेको भण्डारीले बताए ।
भण्डारीले गएको साउन १७ गते राजीनामा दिएका थिए । तर, सामूहिक राजीनामा बारे आइतबार प्रेस विज्ञप्ति उनीहरुले सार्वजनिक गरेका हुन् । केन्द्रीय सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरेले पनि राजीनामा बुझाएका छन् ।
विवेकशील साझाको स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बागलुङ जिल्ला संयोजक सुरज श्रेष्ठ, म्याग्दी जिल्ला संयोजक विश्वराज अछामे, युवा संगठनका केन्द्रीय सदस्य मनीषा मगर, व्यास नगर संयोजक तथा प्रदेश सदस्य सलमान अली, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्यले पनि राजीनामा गरेका छन् ।
मुख्य गरी अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि उनीहरुले असहमति प्रकट गरेका छन् । ‘पद्दति, पारदर्शिता, इमान्दारिता, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरु नेतृत्वको गलत कुरालाई मान्न कदापि तयार हुँदैनौं,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वैकल्पिक राजनीतिलाई विवकेशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशड्ढयामा पु¥याएको हाम्रो ठहर छ ।’








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया