कास्की कांग्रेस सभापतिमा आइबहादुरको उम्मेदवारी

पोखरा ।
नेपाली कांग्रेस कास्की सभापतिमा आइबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । कास्की कांग्रेसका उपसभापति उनले बिहीबार कास्की सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
गुरुङको प्रस्तावकमा पुष्पेन्द्र पाण्डे क्षेत्र नम्बर ३ क को निर्वाचित सभापति, समर्थक प्रदेश ३ ख को जीवनाथ पौडेल (शंकर) निर्वाचित सभापति रहेका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय गुरुङ २०३३ सालदेखि नै राजनीतिमा सक्रिय छन् ।
उम्मेदवारी दर्ता गराउँदै गुरुङले पार्टी भित्रको अराजक गतिविधि अन्त्य गर्न र विधि विधान मर्यादा कायम गराउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताए ।
‘नियम भन्दा पनि व्यक्तिको चाहनामा पार्टी चल्नुपर्छ भन्ने प्रवृतिको हाबी भइरहेको छ । यसले पार्टी धराशय बनेको छ । गएको चुनावमा नतिजा देखियो,’ उनले भने, ‘नेतृत्वले पार्टी र जनताभन्दा पनि आफ्नो आफन्तलाई मात्रै महत्व दिएको महसुस भई रहेको छ । यसबारे मैले पार्टी नेताहरुसँग कुरा गरि रहेको छ । गाउँमा बसेका मान्छेले पार्टी र संगठन जोगाई रहेको छ । त्यसकारण गाउँगाउँ गएर संगठन बनाउनुपर्छ । त्यहाँको बस्तुस्थिति हेर्नुपर्छ ।’ शुद्ध कांग्रेस बन्नुपर्छ भनेर उम्मेदवारी दिएको उनले बताए ।
‘यसको मतलव नेताहरुलाई अनादर होइन । नेताहरुलाई मान्छु । तर, चाकडी भयो । कुनै कार्यकर्ताले कुनै कार्यकर्ताको अस्तित्व नै स्वीकार भएन,’ उनले भने । संगठनमा रहेर नेताको पछाडी भन्दा जनताको साथमा रही रह्यो भने संगठन बलियो र सबल बन्ने उनको धारणा छ । स्वच्छ कांग्रैस र वैधानिक कांग्रेस भएर चल्नुपर्छ भनेर मैले उम्मेदवारी दिएको उनले बताए । पार्टी संगठन गर्न सक्रिय गुरुङ ०४३ सालमा लुम्ले पञ्चायतमा पनि निर्वाचित भएका थिए । पार्टी प्रतिबन्धित अवस्थामा संगठन विस्तार गर्दा महाधिवेशन प्रतिनिधि, कास्की कांग्रेस उपसभापति हुँदै गुरुङ सभापतिमा चुनाव लड्दै छन् ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया