कास्की कांग्रेस सभापतिमा ५ उम्मेदवार, सबै पदमा गरी ९२ जना (नामसहित)

पोखरा ।
नेपाली कांग्रेस कास्कीको सभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरिराज गौतम, पोषनाथ शर्मा र सुदीपमोहन भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता, अन्तिम नामावली प्रकाशनको कार्यक्रम थियो । शुक्रबार मतदानको कार्यक्रम छ ।
पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा बिहान ८ बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम राखिएको कास्की कांग्रेसका कार्यालय प्रमुख विजयराज अधिकारीले जनाएका छन् । वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु मतदाता हुनेछन् । कास्कीमा २ हजारको संख्यामा मतदाता छन् ।
सभापतिका दाबेदारमध्ये आइबहादुर अहिलेका उपसभापति, सुदीपराज सचिव र पोषनाथ पूर्वसचिव हुन् । किशोरदत्त र गिरिराजले कास्की १ बाट महाधिवेशन प्रतिनिधि जितेका हुन् । किशोरदत्तले एक नेता एक उद्यमशीलताको नारासहित उम्मेदवारी दिएका छन् ।
उम्मेदवारहरुको नामावली निम्नानुसार छ ।















नेपाल अध्ययनका शिक्षकको दायित्व
सम्पादकीय—सदाचारको खडेरी र दण्डहीनताको अन्त्य
ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया