कास्की कांग्रेस निर्वाचनमा मतदान सकियो

पोखरा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला अधिवेशनमा शुक्रबार जारी छ । मतदानको क्रम ४ बजेसम्मलाई राखिएको थियो । पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा मतदान भएको हो । ४ बजेसम्म गेटभित्र प्रवेश गरेकाहरुलाई मतदानको अवसर दिइने निर्वाचन अधिकृत अधिवक्ता विमल पौडेलले जानकारी दिए । उनका अनुसार अहिले केही मतदाता गेटभित्र प्रवेश गरिसकेकाले मात्रै मतदान गर्न बाँकी छ ।
१९ सयभन्दा बढीले साढे ३ बजेभित्रै मतदान गरिसकेको पौडेलले जनाए । मतदाताको संख्या २ हजार ८८ हो । कास्की कांग्रेसको सभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । ५० प्रतिशतभन्दा बढी मत ल्याउनेमात्रै सभापति बन्न पाउने कांग्रेसको वैधानिक व्यवस्था छ । कसैले आधा मत नल्याए उत्कृष्ट २ बीचका लागि फेरि मतदान हुन्छ ।
कास्की कांग्रेस सभापतिमा ५ उम्मेदवार, सबै पदमा गरी ९२ जना (नामसहित)







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया