पोखरा अल्ट्रालाइटले गरायो एमाले महाधिवेशनमा पुष्पवर्षा

नारायणढ
एमाले महाधिवेशनस्थल छेवैमा भरतपुर विमानस्थल छ । तर, यहाँबाट कुनै अल्ट्रालाइट उड्दैनन् । एमाले अध्यक्ष केपी ओलीले बोल्दाबोल्दै आकाशबाट अकस्मात् फूल बर्सन थाल्यो । १५ किलो फूलसहित एक यात्रु चढाएर पोखराबाट उडेका पाइलट नीरोज थापाले त्यो अल्ट्रालाइट भरतपुरको आकाशमाथि उडाएका थिए । पोखरा विमानस्थलबाट ३५ मिनेट यात्रा गरी आएको पोखरा अल्ट्रालाइट २० मिनेटसम्म भरतपुरको आकाशमा उडिरह्यो ।
सयपत्री, गोदावरी, गुलाफ लगायत फूल बर्सिइरहे । महाधिवेशन प्रतिनिधिका लागि यो नौलो अनुभूति थियो । अनि पाइलट नीरोजका लागि पनि यो नितान्त नौलो अनुभूति । ‘म सधैँ हिमालतिर अल्ट्रालाइट उडाउने मान्छे, पहिलोपल्ट तराईतिरको ठाउँमा आएँ,’ उनले भने, ‘त्यत्रो मान्छेको भिडमा फूल खसाउँदै उडिरहनु अलि जोखिमजस्तो पनि थियो । तर, अहिले सम्झँदा मजा आइरहेको छ ।’
पोखरा अल्ट्रालाइट प्रालिले पठाएको अल्ट्रालाइटमा कार्यक्रमस्थलमा फूल झारिएको पहिलो घटना भएको व्यवस्थापनले जानकारी दिएको छ । माछापुच्छ्रे हिमाल लगायत अन्नपूर्ण हिमशृंखलातिर उड्ने गरेका अल्ट्रालाइटमा प्राय विदेशीहरू मजा लिने गर्छन् । नीरोजले उडाएको अल्ट्रालाइट फूल वर्षा सकेर भरतपुरमा नओर्ली सिधै पोखरा फर्केको थियो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया