
सञ्जय रानाभाट
पोखरा ।
कास्कीजिल्लाकारागारमा अनेक थरी समस्या छन् । कारागारमाखानेपानी, बिजुली, बस्ने ठाउँ, स्वास्थ्यउपचार र सुरक्षाको समस्या छ । कारागारका सबैजसो भवन जीर्ण छन् ।
आधारभूतआवश्यकताखानेपानीकै हाहाकार छ । कारागारनजिकै नेपालखानेपानी संस्थानको पोखरा कार्यालय छ ।कारागारमाकैदी, बन्दीको सुरक्षार खाने, बस्नेव्यवस्थापनगर्नकै लागिअप्ठ्यारो भएको सूचनाअधिकारी झंकनाथपौडेलले बताए ।
एक थुनुवाकाअनुसार कारागारमाखानेपानी सधै समस्या छ । ‘कारागारमापानीपानी त आउँछ तर अपुग हुन्छ ।पानीकै लागिझगडा पर्छ । बलियाले खान र कपडा धुनपानी पाउँछ । नसक्नेले पाउँदैन्न्,’ उनले भने, ‘लगाएको कपडा नधोएको त कतिभयोभयो, नुहाउने त परको कुरा । पिउने पानीनपाएरमरुलाँजस्तो लाग्छकुनै कुनै बेला।’
कैदीबन्दीलेखानेपानीमामात्र सास्तीहोइन, सुत्नसमेत राम्रोसँग पाउँदैन् । प्लास्टिक म्याट बिछ्याएर भुइँमैसुत्नुपर्ने बाध्यता छ । हिउँदलागिसक्यो तरओढ्ने गतिलोकम्मल छैन ।कैदीबन्दीभन्छन्,‘राम्रोसँग सुत्न र बस्न नपाउँदाबारम्बार बिरामी हुन्छौं । न रातमा सुत्न पाउँछौं, न दिनमा। कतै बस्ने ठाउँनै छ ।हामीहरुलाई संरक्षण गर्ने भनिन्छ तर, हामी सुरक्षित छैनौं ।’
कारागारमाक्षमताभन्दा बढी कैदीबन्दीहुँदा यस्तो अवस्थाआएको कारागार प्रशासन बताउँछ । कैदी र थुनुवाको राम्रोसँग रेखदेख नहुँदाबिरामीपर्ने गरेको स्रोत बताउँछ । प्राथमिकउपचार कारागारभित्रैहुनुपर्नेकानुनमाव्यवस्था छ । तर,स्रोत र साधनको कमीले सामान्यसमस्याको उपचार गर्न पनिपश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजानुपर्ने अवस्था रहेको १कर्मचारी बताउँछन् ।
उपचारकालागिकारागारमा१ स्वास्थ्यकर्मी छन् । ‘स्रोत, साधनभएकारागारमाउपचार गर्न सकिन्छ । अलि जटिल भएअस्पताल नै पु¥याउनुपर्ने हुन्छ,’ ती स्वास्थ्यकर्मी बताउँछन् । भइपरीआउने दुर्घटनाबाट बाच्नपनिप्राथमिकउपचार सामग्रीकारागारमा छैनन् ।
कारागारमासमस्याथपिँदै छन्, समाधानकाउपायखोजिएको छैन । रिहाइहुने र थुनामा पर्ने क्रम घट्ने बढ्ने हुन्छ ।तर, पछिल्लो समय कैदीबन्दीघट्नेभन्दाबढ्दै गएका छन् ।कास्कीमाएउटामात्र कारागार छ । स्रोत भन्छ, ‘कारागारमा कैदी र पुर्पक्षकालागि पठाइएका थुनुवा एकै ठाउँमा बस्नुपर्ने भएकाले समस्याआएको हो ।’कारागार सुधार तथाक्षमताअभिवृद्धि गर्नकालागि सरोकारवालानिकायलाई पटक पटक अनुरोध गरे पनि बेवास्ताभएको देखिन्छ ।
बर्खायाममापानीचुहिने छाप्रोमाखानापकाएर खानुपर्ने बाध्यताछ । कारागारमाबन्दीको व्यक्तित्वविकास, सीपविकास तथाकलाविकासकालागिपर्याप्त ठाउँ पनि छैन । क्षमताभन्दा बढी कैदीबन्दीभएकाले खान, बस्ने र शौच गर्नसमेत समस्या छ । कारागारका कैदी, बन्दी कष्टकर जीवनबिताउनबाध्य छन् । कास्कीकारागारका कैदी, बन्दीउनीहरुलेन्यूनतममानवअधिकारबाट समेत बञ्चित छन् ।
कारागार भत्किने त्रास
जिल्लाकारागारकास्कीकोभवननिकै पुरानो छ ।कैदीबन्दी राख्नेभवनबनेको ५६ वर्ष भइसकेको छ । भवन पुरानो हुँदाउनीहरुले दैनिक सास्तीभोग्नुपरेको छ । बर्खामापानीचुहिने रहिँउदमा जाडो बढीहुने गरेको कैदीबन्दी बताउँछन् । भवनभत्कने त्राससमेतछँदै छ ।त्यहाँशौचालयसमेत राम्रो व्यवस्थापन छैन ।
क्षमताभन्दा बढी कैदीबन्दी
कास्कीकारागारको क्षमता ८ सय २० जनाहो ।तर, अहिले ८ सय ९५ कैदीबन्दी र थुनुवात्यहाँछन् । तीमध्ये कैदी ५ सय ५२ र थुनुवा ३ सय ४३ छन् । ४ नाबालकसहितमहिला७० यहाँछन् ।क्षमताभन्दाबढी कैदीबन्दीर पुरानाभवनकाकारण कारागार अस्तव्यस्त छ । शौचालयसमेत सिमित र अव्यवस्थितहुँदापालो पर्खनुपर्ने अवस्था छ ।
सुरक्षाकर्मीकाे अभाव
जिल्लाकारागार कास्कीमाविभिन्नअपराधमा दोषी प्रमाणित भएका र पुर्पक्षकालागि जेलमा पठाइएकाहरु छन् । यसरी कैदीबन्दी राखिएको कारागारमै चाहिनेभन्दाकम सुरक्षाकर्मी छन् । करिब १ हजार कैदीबन्दीव्यवस्थापनगर्न कारागारमा ३७सुरक्षाकर्मीमात्र छन् ।सिमितसुरक्षाकर्मी हुँदाकैदीबन्दीबीचहुने झगडाका बेला सुरक्षाकायमगर्नसमेत चुनौतीभएको स्रोत बताउँछ ।
कैदीबन्दीबीचझगडा हुँदा,औषधीउपचारमा लैजादा, अदालतलाँदा–ल्याउँदादेखिखानेकुरावितरण गर्न पनि कठिनाइ हुने एक सुरक्षाकर्मी बताउँछन् ।सुरक्षामापर्याप्तध्यानदिननसके कैदीबन्दीभाग्ने सम्भावनाहुने उनी बताउँछन् । धेरै कैदीबन्दी, थोरै सुरक्षाकर्मी, जीर्ण भवनआदिकाकारण कारागारमाआपतकालीनअवस्थाआएमातत्काल उद्धार र सुरक्षामा समेत कठिनाइ हुने देखिन्छ ।
कारागार अनुगमनम
शुक्रबार गण्डकी प्रदेशकामुख्यन्यायाधिवक्ता रोहितराजबास्तोलाको नेतृत्वमाजिल्लाप्रहरी कार्यालय कास्की र कास्कीजिल्लाकारागार अनुगमनगरिएको छन् । कारागारमा रहेकाकैदीबन्दीको गुनासो सुनेपछि उनले व्यवस्थापन के कस्तो छ भन्नेमा केन्द्रितभएर अनुगमनगरिएको बास्तोलालेबताए ।
पुर्पक्षकालागिकारागार पठाइएकाहरुकोसमयमै पेशीतोक्न र चाडै मुद्दा फैसलाकालागिअदालतमाअनुरोध बास्तोलाले बताए ।उनले जिल्लाअदातलमाभएका समस्याबारे बुझ्नवैतनिकवकिललाई अनुरोध गर्ने प्रतिवद्धता गरे ।‘कोभिडका कारण ढिला भएकामुद्दाकोअबछिटोभन्दा छिटो सुनुवाइ हुनुपर्छ,’ उनले भने । उनले कारागारभित्रराम्रो कामगर्नेलाईपुरस्कृत गर्न सिफारिस गर्नेसमेत सुनाए ।


सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया