कास्की कांग्रेस सभापतिमा किशोरदत्त बराल विजयी

पोखरा ।
नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । शनिबार भएको दोस्रो चरणको मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन् । शुक्रबार भएको मतदानको परिणाम अनुसार ५ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार फेरि बराल र भट्टराईबीचमात्रै प्रतिस्पर्धा रहने गरी मतदान भएको थियो ।
शनिबारको मतदानबाट बरालले ५० प्रतिशत मत कटाएका हुन् । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था गरेको छ । बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका थिए । १९२६ मत खसेको थियो ।
६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराईबीच शनिबार निर्वाचन भएको हो । बराल र भट्टराईबीच १ सय ७५ मतको फरक थियो ।
कास्की कांग्रेसमा २०८८ मतदाता थिए। पुन मतदानमा शनिबार १९२६ मत खसेको थियो । तर शुक्रबार तीमध्ये २ हजार २५ जनाले मात्रै मतदान गरेका थिए । ४७ मत भने बदर भएको थियो । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था गरेको छ ।
शुक्रबारको मतदान परिणाम अनुसार बराल र भट्टराई पहिलो र दोस्रो बने भने भट्टराईभन्दा केवल ७ मतका कम आउँदा आइबहादुर गुरुङ तेस्रो भए । केही शीर्षस्थ नेताहरुको साथ पाएका गुरुङ दोस्रो चरणको मतदानमा भाग लिनबाटै बञ्चित भए । चौथो भएका पोषनाथ शर्माले ३ सय ३५ र गिरीराज गौतमले ६३ मत ल्याएका थिए ।








नेपाल अध्ययनका शिक्षकको दायित्व
सम्पादकीय—सदाचारको खडेरी र दण्डहीनताको अन्त्य
ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया