राजनिति
नेकपा (एस) मुस्ताङको अध्यक्षमा रसाईली ( तस्विरसहित )
रसाईलीको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कार्यसमिति

जोमसोम ।
—हिमाली जिल्ला मुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले पार्टी कार्यालय स्थापना गरेको छ ।सो पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले एक समारोहकाबीच शनिबार मुस्ताङ सदरमुकाम जोमसोममा पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।मुस्ताङमा पार्टी कार्यालय स्थापनासंगै मनाङ बाहेक देशका ७६ वटै जिल्लामा नेकपा एसको पार्टी संगठन बिस्तार भएको हो ।
नेकपा एकिकृत समाजवादी मुस्ताङको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला मुस्ताङको जोमसोममा संम्पन्न भएको छ ।सो अगुवा कार्यकर्ता भेलाले कमरेड भीमबहादुर रसाईलीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्यसमिति समेत गठन गरेको छ ।मुस्ताङमा संगठन बिस्तारका लागि पुगेका नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले २००६ सालमा समतामूलक समाज निर्माण तथा कम्युनिष्ट आन्दोलनलाई संगठित गर्ने उद्देश्यले कमरेड पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टी निर्माण गरेको बताए ।
तर,नेकपा एमालेका अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको मर्म र भावना बिपरित एकलौटी पार्टी गतिबिधि संञ्चालन गरेको र कम्युनिष्ट बिरासत जोगाउन आफुहरुले एमालेमा बिद्रोह गरी नया पार्टी गठन भएको उनले उल्लेख गरे । एकिकृत सामजवादी कास्कीका नेता आचार्यले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले राज्यका सबै निकाय ध्वंंस्त पारेको आरोप लगाए ।
मुस्ताङमा नेकपा –एस)को कार्यालय स्थापनाका क्रममा नेकपा (एसका ) जिल्ला अध्यक्ष भीमबहादुर रसाईलीले मुस्ताङका उत्पीडित समुदाय,आदीबासी जनजाती समुदायको हकहितका लागि नेकपा एकिकृत समाजवादी पार्टीैको ढोका जहिले सुकै खुल्ला रहने बताए ।
नेकपा एसको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई नेकपा माओवादीका जिल्ला नेता सत्यनारायण शेरचन र पेशागत महासंघ गण्डकी प्रदेश सदस्य भेषराज बास्तोला लगायतले सुभकामना दिएका थिए ।













टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया