मेखलाल श्रेष्ठ प्रदेश उपसभापतिमा उठ्ने

नेपाली कांग्रेसकाे गण्डकी प्रदेश उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ उठ्ने भएका छन् । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत शुक्रबार र शनिबार प्रदेश अधिवेशन सम्पन्न हुँदैछ ।
नेपाली कांग्रेसमा शेरबहादुर देउवा समुहका श्रेष्ठ अर्जुन जाेशी प्यानलबाट उपाध्यक्षकाे उम्मेद्वार बन्न लागेका हुन् । श्रेष्ठ गण्डकी प्रदेश सरकारमा शिक्षा विज्ञान तथा प्रविधि र सामाजिक मन्त्री छन् ।
गण्डकी प्रदेशकाे शिक्षा क्षेत्रकाे विकासमा आफुले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकाे बताउदै श्रेष्ठले प्रदेशलाई सडक बालबालिका मुक्त प्रदेश बनाउने लगायतका थुप्रै सुधारका काम गरिरहेकाे दावी श्रेष्ठकाे छ ।
लामाे समयसम्म कांग्रेस नेता गाेपालमान श्रेष्ठकाे पिए बनेर काम गरेका उनी स्याङ्जाका स्थायी बासिन्दा हुन् । उनले गण्डकी प्रदेशमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने पार्टी बनाउनका लागि पनि आफु उपसभापति बन्न लागेकाे बताए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया