अखाद्य पदार्थ प्रयोग नगर्न सुझाव

समाधान संवाददाता २०७५ चैत ४ गते ८:३९

सुन्दरकुमार थकाली

मुस्ताङमा खाद्य सुरक्षा विषयक २ दिने कार्यशाला भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा राजमार्गमा सञ्चालित रेस्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानीलाई लक्ष्य गर्दै कार्यक्रम भएको हो ।

सर्वसाधारण तथा जिल्ला भित्रिने पर्यटककोे स्वास्थ्य अवस्थालाई लक्ष्य गरी कार्यक्रम भएको स्वास्थ्य विभागका उपसचिव शम्भु ज्ञवालीले जानकारी दिए । उनले सर्वसाधारणको स्वास्थ्य रक्षाका लागि स्थानीय तह बढी जवाफदेही रहनुपर्ने बताए । बजारलाई चुस्त दुरुस्त राख्न स्थानीय तहको समन्वयमा जनचेतना अभिवृद्धि गरिनुपर्ने जनाए ।

Advertisement

राजमार्ग तथा पर्यटकीयस्थलका व्यवसायीले आर्थिक फाइदाका दृष्टिले अखाद्य पदार्थ प्रयोग ल्याउन नहुने कार्यक्रममा सुझाइएको छ । कार्यशालामा मुस्ताङका ५ वटै स्थानीयत हका जनप्रतिनिधि तथा कर्मचारी, स्वास्थ्यकर्मी, नागरिक समाज, विद्यालयका शिक्षक, सुरक्षाकर्मी, रेडक्रस, संघसंस्थाका प्रतिनिधिको सहभागिता रह्यो ।

विभागका उपसचिव ज्ञवालीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा उपभोक्ता सचेत रहनुपर्ने बताए । खाद्य सुरक्षालाई प्रभावकारी बनाउन खानाका परिकारमा हुने विभिन्न संक्रमण र त्यसका उपायबारे उपसचिव ज्ञवालीले जानकारी गराए । उनका अनुसार खाद्यमा सावधानी नअपनाउँदा मानव स्वास्थ्यलाई विभिन्न हानी नोक्सानी पुर्‍याउने उनको भनाइ थियो । विषेशगरी खानामा किटाणु, प्रयोग गरिएका केमिकल र ब्याक्टेरिया जस्ता भाइरसले मानव स्वाथ्यलाई प्रतिकुल बनाउने उल्लेख गर्दै खाद्य पदार्थको भण्डारण घाम लाग्ने खुला स्थानमा हुनपर्ने उनको भनाइ थियो ।

Advertisement

कार्यशालामा खाद्य सुरक्षाका लागि उपभोक्ताले सम्भाव्य जोखिमको पहिचान गर्नुपर्ने सुझाए । बजार अनुगमन तथा खाद्य सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार खाद्य सुरक्षा तथा गुणस्तर कार्यालयले गर्ने जानकारी उनले दिए । कार्यशाखा सोमबार सकिने घरपझोङ गाउँपालिका स्वास्थ्यकर्मी कर्ण थकालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया