देउवा पक्षबाट जितेका तनहुँ कांग्रेस सभापति आले पौडेलतिरै खुले
समाधान संवाददाता
२०७८ मंसिर २२ गते १३:३२

दमौली ।
जिल्ला सभापतिको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षधरको समर्थन पाएका तनहुँ कांग्रेस सभापति जितप्रकाश आले अन्ततः वरिष्ठ नेता रामचन्द्र पौडेलतिरै खुलेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा आले पौडेल पक्षमा खुलेका हुन् ।
पौडेल पक्षले बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा राखेको भेलामा आले सहभागी भएका छन् ।
तनहुँमा पौडेलनिकट उम्मेदवार वैकुण्ठ न्यौपानेलाई पराजित गरी जितप्रकाश आले सभापति भएका थिए । हाला कि आले पनि पौडेलकै समर्थक हुन् । तर पार्टी सभापतिको टिकट पौडेल पक्षले उनलाई नदिई वैकुण्ठ न्यौपानेलाई दिएको थियो । आलेलाई देउवा पक्षका शंकर भण्डारी,गोविन्द भट्टराई लगायतको समर्थन थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया