मुक्तिनाथ दर्शन गर्न आएकी भारतीय पर्यटकको लेक लागेर मृत्यु

सुन्दरकुमार थकाली २०७८ मंसिर २३ गते १९:३१


जोमसोम—

Advertisement

हिमाली जिल्ला मुस्ताङमा लेंक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा आन्द्रा प्रदेश अमलापुर भारत घर भई मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न आएकी ६० वर्षीय बाईकृष्ण बेणी नामकी महिलाको लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पोखरा—जोमसोम हवाई सेवा मार्फत बिहिबार तारा एअरको जहाज चढेर मुक्तिनाथ दर्शन गर्न १४ जना भारतीय पर्यटकको टोली मुस्ताङ आएको थियो । जोमसोमबाट जीप चढेर मुक्तिनाथ दर्शनका लागि गएको टोली र्फिर्कने क्रममा साँझ ४ बजे मृतक भारतीय महिला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ को जीप पार्कमा अचानक बेहोस भई ढलेकी थिईन ।

उनलाई उपचारका लागि जोमसोम अस्पताल ल्याईएकोमा साँझ ५ बजे अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाईएको छ ।

हिउँदयामसंगै मुस्ताङमा अत्यधिक चिसो बढेको छ । मुस्ताङको यतिखेर माईनस बिहान र बेलुकी माईनस १० डिग्री पुग्ने गरेको छ । गर्मी क्षेत्रका पर्यटकले मुक्तिक्षेत्रको कुण्ड र धारामा स्नान गर्दा चिसोले निमोनिया र लेंक लाग्ने सम्भावना हुन्छ । प्रहरीले मृतक भारतीय पर्यटक महिलाको पनि लेंक लागेर मृत्यु भएको हुने सक्ने प्रारम्भिक अनुमान गरेको छ ।


Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया