पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुने

पोखरा ।
पोखरामा नेपाल सांकृतिक केन्द्रको आयोजनामा पाँचौं पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुने भएको छ । पुस १२ देखि १६ गतेसम्म चल्ने फेस्टिभलमा अमेरिका, अस्ट्रेलिया, युके, साउथ कोरिया लगायत २० राष्ट्रबाट फिल्म निर्माता तथा कलाकारको उपस्थिति रहने फेस्टिभल संयोजक प्रवीण टाक्की कार्कीले जानकारी दिए ।
कार्कीले कार्यक्रम अवधिभर १२ फिचर फिल्म, २८ सर्ट फिल्म, ९ विद्दार्थी फिल्मका साथै ५ फिल्म ओपन एयर प्रदर्शन हुने बताएका छन् । उनी भन्छन्, ‘कार्यक्रमको सुरुवात नेपाली चलचित्र वसन्जीको रेडकार्पेट प्रिमियरबाट हुनेछ भने समापन भारतीय चलचित्र फायर इन द माउन्टेनको एसियन प्रमियरसँगै हुनेछ ।’
फेस्टिभलमा विभिन्न विधामा अवार्ड वितरण गरिनेछ । जसमा सर्ट फिल्म अवार्ड, फिचर फिल्म अवार्ड, डकुमेन्ट्री अवार्ड, स्टुडेन्ट फिल्म अवार्ड, फिल्म कृटिक अवार्ड र अडियन्स च्वाइस अवार्ड रहने आयोजक कमिटीले जनाएको छ ।
फेस्टिभल अवधिभर स्वदेशी तथा विदेशी फिल्मकर्मीबाट एक्टिङ, इडिटिङ, छायांकन, प्रोड्क्सन डिजाइन, स्क्रन राइटिङ फिल्म प्रड्यिुसिङसम्बन्धी तालिम दिइने फेस्टिवलका सचिवालय नवराज सुवेदीले जनाएका छन् । तालिममा सहभागी हुन सामाजिक सञ्जालमार्फत आफ्नो नाम रजिस्टर गर्न सुवेदीले अनुरोध गरेका छन् ।
सुवेदी भन्छन्, ‘मास्टरक्लास र पोट्रेट फोटोग्राफी जर्मनी फोटोग्रफर ग्रेमी अर्वड विजेता एक्सेल हेल्लबिउर र को प्रोडक्सन मास्टरक्लास गोलुम मेनगाइडले तालिम दिनेछन् । एक्टिङ क्लास गुरुकुल थियटरले दिनेछन् ।’
फिल्म फेस्टिभलमा फोटो जर्नलिस्ट क्लबद्वारा फोटो प्रदर्शनी एवं अन्तक्र्रिया हुने फेस्टिभल म्यानेजर रिगेन्द्र गिरीले बताए ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया