कांग्रेसकाे १४ औं महाधविशेन

एक्लिए शेखर, निधि र सिंहसहित अधिकांश नेताकाे समर्थन देउवालाई !

समाधान संवाददाता २०७८ मंसिर २८ गते १२:३८

पाेखरा ।

Advertisement

कांग्रेस सभापतिमा पुन शेरबहादुर देउवा निर्बाचित हुने प्राय निश्चत भएकाे छ । सभापतिका प्रत्यासी सहितका अधिकांश शिर्ष नेताले देउवालाई नै सभापतिमा सघाउने घाेषणा गरेपछि अर्का प्रत्यासी शेखर काेइराला निर्बाचन हुनु अघि नै हारकाे नजिक पुगेका छन् ।

दाेश्राे चरणकाे निर्बाचनमा देउवा विरुद्ध माेर्चाबन्दी गर्छाै भनेका अध्यक्षका प्रत्यासी द्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिले हिजाेकाे घाेषणा विपरित शेखर काेइराकाे विरुद्धमा माेर्चाबन्दी गर्नेे निर्णय गरिसकेका छन् । शेरबहादुर देउवा निबासमै पुगेर दुवै जनालाई भेटेपछि उनीहरुकाे मत देउवा तिर पग्लिएकाे हाे ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेले महाधिवेशनमा भाेटै हाल्न नजानु र काेइरालाकाे पक्षमा भाेट समेत नमाग्नुले देउवालाई हिजै ठुलाे सहयाेग पुगेकाे थियाे । आज पाैडेलकाे चियापानमा गएर देउवाले उनलाई सकृय राजनीतिमा रहन आग्रह समेत गरे । पाैडेलले देशकाे लागि अझै ठुलाे भूमिका निर्वाह गर्न बाँकी छ भनेर देउवाले आगामी राष्ट्रपति बनाउने संकेत गरेका छन् । आफूलाई सर्बसम्मत स्वीकार नगरेपछि पाैडेल पनि देउवा प्रति नरम देखिएका छन् ।

काेइराला परिवारकै सदस्य सुजाता काेइरालाले पनि देउवालाई समर्थन गर्ने बताइसकेकी छन् भने शशांक दुवै टिममा छु भनेर शेखरकाे पक्षमा उभिएका छैनन् ।

Advertisement

युवामा प्रभावशाली नेता विश्वप्रकाश शर्माले आफ्नाे समर्थन देउवालाई हुने बताइसकेका छन् ।

आज दिउसाे साढे ३ बजेदेखि हुने दाेश्राे चरणकाे मतदानमा देउवा र काेइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

तपाईको प्रतिक्रिया