कास्कीका पालिकामा कर्मचारी संगठन

समाधान संवाददाता २०७८ मंसिर २८ गते १३:४५

पोखरा ।
नेपाल निजामती कर्मचारी सगंठन जिल्ला कार्य समिति कास्कीले पालिका स्तरमा संगठन संरचना बनाएको छ ।
मुलुक संघीय संरचनामा गएसँगै जिल्ला स्तरमा कायम रहेको संगठनले पालिका स्तरमा कमिटी निर्माण गरेको हो । जिल्ला कार्यसमिति कास्कीको गत मंसिर २० गतेको निर्णय अनुसार कास्कीका रुपा र मादी गाउँपालिकामा इकाइ कमिटी गठन गरेको कास्की सचिव रामचन्द्र पहारीले जानकारी दिए ।

Advertisement


रुपा गाउँपालिका स्तरीय कर्मचारी भेला तथा प्रथम गाउँ इकाइ अधिवेशनले आनन्दलाल जोशीको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको संगठन कास्की अध्यक्ष अशोक खनालले बताए । इकाइ उपाध्यक्षमा रुद्रबहादुर थापा, सचिव अशोक परियार र कोषाध्यक्ष सरिता सुवेदी छन् ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य सवाबक्स मियाँ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, संगठन कास्की अध्यक्ष खनाल लगायतले सार्वजनिक सेवा प्रवाह र संगठनको भूमिकाको बारेमा बोलेका थिए ।


संगठनको मादी गाउँपालिका प्रथम गाउँ इकाइ अधिवेशनले अध्यक्ष हेमन्त ढकालसहित ११ सदस्यीय समिति चयन गरेको छ । इकाइ समितिको उपाध्यक्ष पूर्णिमा गुरुङ, सचिव सञ्जय बराल, सहसचिव सतिश लामिछाने र कोषाध्यक्ष मिलन गुरुङ छन् ।


‘संघीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नाराका साथ अधिवेशन भएको हो । सचिव पहारीले कास्कीका अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा अधिवेशन गर्न बाँकी रहेको जानकारी दिए । संगठनले अध्यक्ष खनाललाई रुपा, उपाध्यक्ष विष्णुदेवी पोखरेललाई अन्नपूर्ण, सचिव पहारीलाई मादी र सहसचिव नवराज अधिकारीलाई माछापुच्छे« गाउँपालिकाको अधिवेशन गर्ने जिम्मेवारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया