पोखरामा यामाहाको एफ जेड भि थ्री कनेक्ट

पोखरा
यामाहा मोटरसाइकलको एफ जेड भि थ्री कनेक्ट एक्स मोडल पोखरामा आएको छ । बुधबार गण्डकीको आधिकारिक बिक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा लि ले यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडलको ल्याएको म्यानेजिङ डाइरेक्टर सरोज श्रेष्ठले बताए । उनले यो बाइकले आफ्नो शैली र कार्य क्षमतामा केही सुधार गर्दै बजारमा ल्याएको बताए । यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेरै लाभान्वित लिन सक्ने श्रेष्ठ सुनाउँछन् ।
एफ जेड भि थ्री रातो, नीलो, हरियो, को ३ लाख ७९ हजार ९ सय र कालोको, ३ लाख ८९ हजार ९ सय रुपियाँ नेपाली बजार मूल्य रहेको उनले बताए । बाइको सबैभन्दा ठूलो सुविधा भने यसमा जडित ब्लुटुथ रहेको उनी बताउँछन् । जसमार्फत गुगल प्लेस्टोर र आइ ओ एसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निशुल्क डाउन्लोड गरी बाइकको स्मार्ट मोडका विविध जीवन सुलभ हुने उनी बताउँछन् ।
यस बाइकमा अन्य बाइक भन्दा ६ वटा राम्रा सुविधाहरु रहेको उनले सुनाए । जस्मा ब्लुटुथको प्रविधिको पहिलो सुविधा रहेको छ ‘एन्सर ब्याक’ । यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्नु थाल्नेछ र हर्न बज्न थाल्नेछ जसले गर्दा चालक आफ्नो साधन कहाँ राखिएको छ । भनेर बिना कुनै झन्झट थाहा पाउनसक्नेछ उनी बताउँछन् ।
दोस्रो सुविधा रहेको छ ‘इ–लक’ व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदी तपाईंले इ लक प्याट्रन राखे कसैले मोटरसाइकलको चाबीले मात्र बाइक चल्न सक्ने छ ।
यदी सो व्यक्तिलाई तपाईंको गोप्य अनलक प्यट्रन थाहा नभइन्जेलसम्म । ‘इ–लक’ प्याट्रन मूलत आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको श्रेष्ठ बताउँछन् ।
‘लोकेट माइ बाइक’ ब्लुटुथको अर्को सुविधा रहेको छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डसम्म लगातार बल्ने छ । बिशेषगरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नुमा उपयोगी रहने श्रेष्ठ बताउँछन् ।
त्यसैगरी ‘राइडिङ्ग हिस्ट्री’ यसको चौँथो ब्लुटुथ सुविधा हो । ‘राइडिङ्ग हिस्ट्र’द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् । पार्किङ रेकड’ पाँचौ सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउनसक्नेछ । यसको छैटौँ सुविधा रहेको छ । ‘हजार्ड’ । हजाड बटन दबाएपछि सबै इन्डिकेटरहरू लगातार झिम्कन थाल्नेछन् जुन अति आकस्मिक अबस्थाका बेला सडकमा रहेका अन्य सहयात्रीलाई सतर्क रहन सुचित गर्न उपयोगी हुनेछ ।
एफ जेड भि थ्री कनेक्ट एक्स मोडलको थप सुविधाहरूका रहेको उनले बताए । ब्लुटुथ सुविधाबाहेक बाइक १ सय ३५ केजीको अहिलेसम्मकै हल्का वजनको यस बाइकमा १४० सेक्सनको रेडीयल टायर राखिएको उनले बताए । ‘साइड स्ट्यान्ड हटाइएको छ । साथै विएभिआई जस्ता अपग्रेड गरिएको हो । यामाहाको हरेक एफ जेड सिरीजले हरेक पल्ट ग्राहकले खोजेजस्तै सुविधा दिएर आजसम्म नेपाली बाइक प्रेमीहरूका मन जित्न सफलभएका छैं,’ उनले भने ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया