गणना नसकिदै हार स्वीकारे मीनेन्द्रले, रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा
समाधान संवाददाता
२०७८ पुष १ गते १३:३२

काठमाडौँ ।
कांग्रेस महाधिवेशनका महामन्त्री उमेद्धार मीनेन्द्र रिजालले मन्त्रीपदबाट राजीनामा दिने घोषणा गरेका छन् । रक्षामन्त्री रहेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।
रिजालले लेखेका छन्, ’नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’
२७ सय मत गनिसक्दा मिनेन्द्र चाैथाे नम्बरमा छन् । उनले जम्मा ४३६ मत पाएका छन् जबकी पहिलाे नम्बरमा रहेका गगन थापाले १६४८ मत पाएका छन् । रिजाल भन्दा विश्व प्रकाश शर्माकाे १०१९ छ भने प्रकाशसरणकाे ८२७ मत छ ।
सम्बन्धित








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया