बाराही मन्दिर परिसर सरसफाइमा विद्यार्थी

पोखरा ।
लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता र सामाजिक कार्य अध्यनरत विधार्थीले शुक्रबार बाराही मन्दिर परिसर सरसफाइ गरेका छन् । पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको कलेजका विद्यार्थीले वरपरको वातावरण सफा राख्ने उदेश्यले यो कार्यक्रम गरेका हुन् ।
२० जना विद्यार्थी र २ जना शिक्षक सरसफाइमा सहभागी भए । उनीहरुले २० बोराभन्दा बढी फोहोर संकलन गरे । पोखरा बाराही चोकमा रहेको रणचण्डी गणले त्यहीं निर्मित कुचो सरसफाइ कार्यक्रमको लागि प्रदान गरेको थियो ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक बाराही मन्दिर सफा नहुँदा गलत सन्देश जान सक्ने भन्दै विद्यार्थी सरसफाइमा जुटेका हुन् । वातावरण स्वच्छ राख्ने पनि आफूहरुको उद्देश्य रहेको स्नातक तहको दोस्रो वर्षकी छात्रा प्रतिमा पौडेलले बताइन् ।
आफू स्वास्थ्य हुन वरपरको वातावरण पनि सफा र सुन्दर हुनुपर्ने कलेजमा सामाजिक कार्य अध्यापन गराउने शिक्षिका रोशिना कँुवर र स्मिता थापाले सुनाए । सामाजिक कार्य विषय पढिरहेको हुँदा त्यसको व्यावहारिक अभ्यास स्वरुप विद्यार्थीले सरसफाइ कार्यक्रम गरेका हुन् । उक्त कलेजका विद्यार्थीले यसअघि पनि अन्य क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया