पाेखरा नजिकै मादीमा देखियाे बर्डफ्लु

समाधान संवाददाता २०७५ चैत ४ गते १६:३८

समाधान सम्वाददाता

पाेखरा नजिकै पर्ने कास्कीको मादी गाउँपालिका ३ मा बर्डफ्लु देखिएको छ।

मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको पशुपंक्षी रोग अन्वेषण कन्ट्रोलका प्रवक्ता डा कृष्ण न्यौपानले जानकारी दिए। परियारले पालेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन्।

Advertisement

पोखराबाट काठमाडौं परीक्षणका लागि पठाउँदा बर्डफ्लु देखिएको हो। सोपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए। कति संख्यामा कुखुरा छन् त्यसबारेमा थाहा नभएको न्यौपानेले बताए। साँझ त्यससम्बन्धी जानकारी प्राप्त हुने उनले बताए।

परियारले पालेका लोकल र गिरिराज कुखुरामा बर्डफ्लु देखिएको थियो।

Advertisement

बर्डफ्लु लागेको क्षेत्रमा चार किल्ला लगाएर बर्डफ्लु संक्रमित कुखुरा नष्ट गरिएको छ भने सो क्षेत्रमा कुखुरा र दानाहरू आयात र निर्यात गर्न समेत रोक लगाइएको छ।

यसअघि मकवानपुर र काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ।

तपाईको प्रतिक्रिया