दलको चुनावमा भाग लिए शिक्षक कर्मचारीलाई त्रिविकाे कारबाही

समाधान संवाददाता २०७८ पुष ८ गते १८:३०

काठमाडाैं ।

शिक्षक र कर्मचारीलाई दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिभुवन विश्वविद्यालयले चेतावनी दिएको छ । पछिल्लो समय त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विश्वाविलायलका कर्मचारी तथा शिक्षकहरु राजनीतिक दलका महाधिवेशन र विद्यान अधिवेशनमा भाग लिएको भन्दै कारबाहीको चेतवनी दिएको हो ।

महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० की नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो । कुनै दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजनीनामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ । यसअघि नेपाली कांग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले पनि प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउने आदेश दिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया