
अभिषेक अधिकारी
पोखरा ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आइतबारदेखि पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले एक समारोहका विच टुर्नामेन्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका विशेष अतिथि नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणाले कास्कीले टेनिसमा अभूतपूर्व सफलता हाँसिल गरेको भन्दै खुसी व्यक्त गरिन् । १८ वर्षको लामो इतिहास बोकेको प्रतियोगिताको सफलताको कामना गर्दै उनले प्र्रतियोगिताको निरन्तरतानै यसको गौरब भएको उल्लेख गरिन् । पोखराले आइटीएफ, तथा विभिन्न राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेर टेनिसबाट पनि पोखरालाई थप उचाइमा पु¥याएको बताइन् ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुले यहाँको खेल पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले यहाँ क्रियाशील संघहरुले खेलकुद गतिविधिलाई उकास्न आ–आफ्नों ठाउँबाट लागि परेको बेला सरकारले पनि खेल क्षेत्रलाई महत्वका साथ हेर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा पोखरा टेनिस कम्प्लेक्सभित्र कोर्ट निर्माणमा सहयोग गरेको भन्दै हङकङका विकास गुरुङ, जापानका अमृत गुरुङ तथा यसअघि विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जितेका पोखरेली खेलाडीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतियोगिता संयोजक समेत रहेका कास्की टेनिस संघका उपाध्यक्ष नवीन चालिसेले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए । संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोह संघका सचिव नवीन श्रेष्ठले सञ्चालन गरेका थिए ।
पोखरामा आइतबारदेखि १८ औं माच्छापुच्छ«े ओपन तथा भेट्रन टेनिस प्रतियोगिता सुरु भएको छ । आइतबार उमेन्स सिंगल्स तथा ३५, ४५, ५५ वर्षमाथि मेन्स सिंगल्स÷डब्लसका खेल भएका छन् ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन ३५ वर्षमाथि भएको पुरुष एकलमा सन्तोष खत्रीले वीरेन्द्र लामालाई ६–१, ६–१ ले, प्रकाश वाग्लेले विकासबहादुर भट्टराईलाई ६–०, ६–२ ले, नवीन श्रेष्ठले दुर्गा सुनारलाई ६–०, ६–१ ले, डा.मदन थापाले केबी लामालाई ६–३, ६–४ को स्कोरमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।
४५ वर्षमाथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६–४, ६–० ले, सुकमान तामाङले एमपी गिरीलाई ६–१, ६–३ ले, धरमबहादुर लामिछानेले गोपालप्रसाद ज्ञवालीलाई ६–३, ६–२ ले, रोहित सुनुवारले सञ्जय झालाई ६–२, ६–१ ले, उत्तम लामाले प्रदीप शाहलाई ६–३, २–६ र सुपरटाईमा १०–८ ले, विनोद कायस्थले विष्णु चापागाईंलाई ६–०, ६–० ले, शिव सेढाईंले सुनील श्रेष्ठलाई ६–१, ६–२ ले, विकास गुरुङले नारायण पहारीलाई ६–१, ६–० ले, हुम आलेले सुदर्शन विष्टलाई ६–२, ६–३ ले तथा विमलकुमार गुरुङले रामु विकलाई ६–१, ६–३ ले पराजित गर्दै पहिलो चरण पार गरे ।
महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २–६, ६–२ र ६–३ ले, सर्भानी श्रेष्ठले माहिका राणालाई ६–२, ६–४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७–६, ६–३ ले, सुभांगीलक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–३, ६–३ ले पराजित गर्दा मेन्स डबल्समा शक्ति शर्मा र गोविन्द नेपालीको जोडीले प्राञ्जल कायस्थ र नेहाल जंगबहादुर थापाको जोडीमाथि ६–३, ६–२ को नतिजा निकाले ।
४५ वर्ष माथिको मेन्स डवल्समा शरण गुरुङ र लोक गुरुङको जोडीले मनोज बस्नेत र रामु विकको जोडीलाई ६–४, ६–० ले, विनोद कायस्थ र विकास गुरुङको जोडीले सञ्जय झा र उत्तम बोगटीको जोडीलाई ६–१, ६–२ ले, नवीन चालिसे र वीरेन्द्र लामाको जोडीले कृष्ण केसी र इन्द्र गुरुङको जोडीलाई ६–१, ६–२ ले पराजित गरे ।
५५ वर्षमाथिको एकलमा राजकुमार गुरुङले नरेन्द्रकुमार सिंहलाई ६–१, ६–१ ले, कृष्ण घलेले प्रदीप शाहलाई ६–२, ६–२ ले, उत्तम लामाले पदमबहादुर गुरुङलाई रिटायर्ड हर्टमा, मनोज राणाले अनिल तुलाचनलार्ई ६–३, ६–४ ले तथा ध्रुव घलेले राजेन्द्रसिंह भण्डारीलाई ७–६, ४–६ र सुपरटाईमा ११–९ ले पराजित गरे ।
५५ वर्षमाथिको मेन्स डबल्समा बिदुर विष्ट र काजी गुरुङको जोडीले राजकुमार गुरुङ र पदम गुरुङको जोडीलाई रिटायर्ड हर्टमा, समीर शेरचन र अनिल तुलाचनको जोडीले ध्रुव घले र सहदेव ढुंगानाको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै दोस्रो चरणका लागि आफ्नो स्थान सुरक्षित पारेका थिए ।
टेनिसमा यस्तो छ आजको खेल
कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा सोमबार रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन् । पोखराबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै आएका टेनिस खेलाडी प्रदीप खड्का सोमबार रोबर्ट जेहानसँग खेल्ने छन् । उनले हालैमात्र पुस १२ गते प्रथम सेनापति ओपन टेनिस कप जितेका थिए ।
खड्काले राष्ट्रिय विरीयता नम्बर १ का खेलाडी प्रणव खनाललाई फाइनलमा हराएर उक्त प्रतियोगिता जितेका थिए । खड्का भन्छन्, ‘आयोजकले विजेतालाई नेपालमा हुने अन्य प्रतियोगितामा भन्दा धेरै धनराशि राखेर प्रतियोगितालाई निकै कडा प्रतिस्पर्धा बनाएको छ । खड्का हाल राष्ट्रिय विरीयतामा २ नम्बरमा छन् ।
प्रतियोगितामा राष्ट्रिय वरीयताका खेलाडीको उच्च बाहुल्य छ । आरभ हाडा, प्रणव खनाल, जितेन्द्र परियार र महिलातर्पm माहिका राणा, सलोनी तामाङ, गंगा शर्मा, भगवती विक, प्रकृति श्रेष्ठ छन् । राप्रपाका निर्वतमान अध्यक्ष कमल थापा तथा अमेरिका र हङकङका एनआरएनहरुको समेत सहभागिता छ । पहिलो चरणमा बाईमा परेका थापा सोमबार राजकुमार गुरुङसँग भिड्दै छन् ।
थापा र गुरुङ ५५ वर्षमाथिको समूहमा भिड्दै छन् । उनीहरुको खेल अपराह्न २ बजे हुने कास्की जिल्ला टेनिस एसोसिएसनका अध्यक्ष लोकबहादुर गुरुङले बताए । जितेन्द्र परियार पूर्व राष्ट्रिय टेनिस विजेता हुन् । उनी सोमबार ३५ वर्षमाथिको उमेर समूह सिंगल्सतर्फ खेल्दै छन् ।
निकै सानो उमेरदेखि नै आफूलाई टेनिसका अन्तर्राष्ट्रिय खेलमा परिचित गराउँदै आएका १४ वर्षीया आरभ हाडा पनि टुर्नामेन्टमा छन् । उनी हाल विश्व टेनिस १८ वर्षमुनिको विरीयतामा ८०० स्थानमा छन् । अबको केही सातामा नै आइटिएफ जुनियर अन्डर १८ कप खेल्न भारत जाने आरभ बताउँछन् । प्रदीप खड्काले आरभले आफूलाई टुर्नामेन्टमा हराइसकेको भन्दै उनी आफ्नो प्रतिस्पर्धी रहेको बताउँछन् । खड्का भन्छन्, ‘अन्तर्राष्ट्रिय वरीयतामा पर्न सफल आरभलाई हल्का रुपमा लिन हुँदैन ।’ आरभको सोमबार सिंगलतर्फको खेल ऋतिक रानासँग तय थियो । राना चोटका कारण खेल बाहिर रहेकाले आरभले पहिलो खेल नै वाकओभर पाएका छन् ।
सोमबारबाट ओपनतर्फको मेन्स सिंगल र डबल तर्फको खेल हुने सचिव नविन श्रेष्ठले बताएका छन् । सोमबार हुने डबलतर्फको खेलमा प्रदीप खड्का र सन्तोष विरुद्ध अक्की रावत र आरभ हाडाको खेललाई कडा प्रतिस्पर्धात्मक रुपमा हेरिएको छ ।
तपाईको प्रतिक्रिया