मुख्यमन्त्री पोखरेलद्वारा तमु ल्होसारको शुभकामना

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको बताएका छन् । गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले विविध समुदायले बनाउने पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छ ।
उनले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीमासुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको कामना गरेका छन् । नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रहेको भन्दै मुख्यमन्त्री पोखरेलले गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यस पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको उल्लेख गरेका छन् ।
गुरुङ समुदायको परम्परागत पात्रो अनुसार पुस १५ गते अर्थात् ल्सोसार नयाँ वर्षको दिन हो । यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ । नेपालमा गुरुङ समुदायले धेरै पहिलादेखि संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ ।
उनले भनेका छन्, ‘यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्ने छ ।सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’ तमु ल्होसारका दिन पुस १५ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।







पोखरामा सय शय्याको जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया