मुस्ताङको लेते कालोपानीमा ‘राष्ट्रिय एकता तथा मेलमिलाप ’ दिवस मनाईयो

समाधान संवाददाता २०७८ पुष १६ गते १८:२६
हिमालको काखैमा मुस्ताङ कांगेसको ४६औ राष्ट्रिय तथा मेलमिलाप दिव । तस्विर ःनवीन शेरचन


जोमसोम—

Advertisement

नेपाली कांगेसले देशभरै ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने शिलशिलामा हिमाली जिल्ला मुस्ताङको थासाङ—३ लेते कालोपानीमा शुक्रबार दिवस मनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङको आयोजनामा जननायक बीपी कोईरालाको योगदानको स्मरण गर्दै मेलमिलाप दिवस मनाईएको हो ।

मुस्ताङमा मंगलबारदेखि भारी हिमपात भएको थियो । हिमपातले मुस्ताङका उच्चलेंक,खर्क र बस्ती सबै सेताम्मे छन् ।हिमालको सौंन्दर्यता चादी झै टल्किएको छ । शुक्रबार मौसममा सुधार आएसंगै हिमाली प्राकृतिक सौन्दर्यता नया आयाम थपिएको छ । नेपाली कांगेस मुस्ताङले मौसम खुलेपछिको सुन्दर वातावरणलाई उपयोग गर्दै लेते कालोपानी स्थित धौलागिरि हिमालको काखैमा कांग्रेसको चारतारे झण्डा फहराउदै‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवस एक कार्यक्रम गरी मनाएको हो ।

नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सभापती एवं पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीको अध्यक्षतामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईएको हो ।सो अवसरमा पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले जननायक बीपी कोईरालाले अनुशरण गरेको गन्तब्यलाई पछ्याउदै नेपाली कांग्रेस अघि बढ्नु पर्ने बताए ।पूर्व मन्त्री गौचनले २०३३ साल पुस १६ गते आजैका दिन नेपालको अस्तित्व जोगाउन बीपी कोईरालासहित गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्का लगायत नेता निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउदै आएको उल्लेख गरे ।

२०१७ सालमा तात्कालीन राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।यस्तै २०२५ सालमा वीपीसहितका नेता भारत प्रवासमा पुगे । राष्ट्रिय एकता तथा मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका नेतालाई तत्कालीन पञ्चायती व्यवस्थाले पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा राखेका थिए । पूर्व मन्त्री रोमी गौतन थकालीले नेपालका राजतिक दलहरुमा राजनितिक मतभेद भएपनि वीपीको जस्तै राष्ट्रिय एकता तथा मेलमिलापको भावनालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया