डोबाटे विश्वकर्माले पाए जिम्मेवारी

पोखरा ।
गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । मन्त्री विश्वकर्माले पुस १६ गते शुक्रबार मन्त्रालयको जिम्मेवारी समालेका हुन् । विना विभागीय मन्त्री डोबाटेलाई मन्त्रालय दिने गरी मन्त्रालयको संख्या १२ पु¥याइएको थियो ।
डोबाटे असोज २५ गते विना विभागीय मन्त्रीमा नियुक्ति भएका थिए । त्यसको करिब ३ महिनापछि मन्त्री विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएका हुन् । प्रदेश सरकाले पुस १२ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद अन्तर्गत रहेको आन्तरिक मामिला मन्त्रालयलाई छुट्टै बनाउने गरी कार्यविभाजन नियमावली संशोधन गरेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव रामेश्वर अर्यालले जारी गरेको सूचनामा गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको १२ गतेको निर्णय अनुसार गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालय स्थापना भएको उल्लेख छ । ‘मुख्यमन्त्रीको सिफारिसमा १४ गते प्रदेश प्रमुखबाट विनाविभागीय मन्त्री डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको कार्य जिम्मेवारी तोकिएको छ । मन्त्री डोबाटेले १६ गते मन्त्रालयको कार्यभार सम्हाल्नुभएको हो,’ सूचनामा उल्लेख छ ।
कृष्णचन्द्र नेपाली पोखरेल २९ जेठमा मुख्यमन्त्रीको नियुक्त भएका थिए । त्यसै दिन उनले ४ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । पछि ८ साउनमा ११ सदस्यीय बनाए । त्यति बेला डोबाटेलाई नसमेटिएको भन्दै आलोचना भएको थियो ।
संविधानको धारा १६८ को उपधारा ९ मा भनिएको छ, ‘प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद गठन गर्नेछ ।’ गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । त्यसको २० प्रतिशत १२ हो । संविधानले व्यवस्था गरेबमोजिमकै संख्यामा मन्त्रिपरिषद पुगेको छ । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रिपरिषद ७ सदस्यीय थियो । कार्यकालको अन्तिमतिर आएर उनले १ जना थपी ८ सदस्यीय बनाएका थिए ।








सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
पोखरामा सय शय्याको जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया