विद्यार्थीलाई दिदीबहिनीको सहयोग

पोखरा ।
रोयल दिदीबहिनी किचनले पोखराका ३ आधारभूत विद्यालयलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेका छ । बुधबार दिदीबहीनी किचनले मादी गाउँपालिका ७ मा रहेको बराह आधारभूत विद्यालयका २१ जना, सिल्दु आधारभूत विधालयमा १७ जना र बाल पदम आधारभूत विद्यालयका २७ जना विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै न्यानो पोशाक वितरण गरेको हो ।
रोयल दिदी बहिनी किचनको अध्यक्ष रुद्र कुमारी गुरुङ (मैना)को संयोजक्तवमा बालबालिकाको सहयोग गरीएको हो । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न शैक्षिक क्षेत्रलाई नै पहिलो प्राथमिकतामा राखिएको गुरुङले बताइन् । ‘जबसम्म देशका कर्णाधारलाई राम्रोसँग शिक्षा दिएर अगाडी बढाउन सक्दैन तवसम्म देश निर्माण गर्न सकिदैन,’ उनले भनिन् ।
मेलबोटको स्कुल र बाल पदम स्कुल स्थापनाका लागि जिल्ला विकास समिति गंगा बहादुर गुरुङको योगदानले आफ्नै ठाउँमा विद्यालय निर्माण भएको विधालय व्यवस्थापन समितीका अध्यक्ष डम्बर बहादुर भुजेलले बताए । उनले बालबालिकालाई सहयोग गर्दा मेलबोट बासी र बास्कोट बासी खुसी भएको सुनाए ।
मादी गाउँपालीकाका अध्यक्ष लालबहादुर गुरुङले बालबालिकालाई गुणस्तरीय र प्रविधिमैत्री शिक्षा दिन सकेमामात्र देश विकासमा हुने बताए ।
तिनवटै विधालयका प्रध्यानध्यापकले बालबालिकालाई शिक्षा क्षेत्रमा सहज वातावरण बनाई उत्प्रेरणा प्रदान गरेकोमा दिदीबहिनी किचनलाई धन्यवाद दिए । कार्यक्रम सञ्चालन बालकृष्ण गुरुङले गरेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया