मन गुरुङको डिजाईनर ड्रेसमा सुपर मोडल नीति शाह र्याम्पमा

पोखरा ।
कोभिड महामारीले मनोरञ्जन क्षेत्रमा पुरै ध्वस्त बनाएको अवस्थामा पोखरामा शुक्रबार सांझ लेकसाईडमा ूमन गुरुङ एटाएर फेसन नाईटू सम्पन्न भएको छ।
एस टि कृयशनको आयोजनामा फेसन डिजाईनर मन गुरुङको ड्रेसमा मिस नेपाल ईन्टरनेशनल २०१७ बिजेता तथा सुपर मोडल नीति शाहले र्याम्प वाक गरेकी हुन्। नीति लाई साथ दिन पोखराका चर्चित १० मोडलले र्याम्प शेयर गरेका थिए। जसको कोरियोग्राफी कोरियोग्राफर जेनिता मगरले गरेकी थिईन्।
फेसन डिजाइनर गुरुङले डिजाइन गरेका विभिन्न पोशाक हरुलाई तिन फरक फरक सिक्वेन्समा प्रदर्शन गरिएको कार्यक्रम संयोजक तथा संचारकर्मी सचिन रानाभाटले बताए। करिब १ महिना लगाएर तयार पारिएको पोशाक निकै आकर्षक र भव्य देखिएको थियो।
कार्यक्रम कि प्रमुख अतिथी तथा महिला उद्यमि मिलन थापाले मन गुरुङको कला र कौशलको तारिफ गर्दै महिलाहरु पनि सबल र सक्षम छन् भन्ने उदाहरण गुरुङले प्रस्तुत गरेको बताउनु भयो।
कार्यक्रमले साथी संसार पोखरामा आश्रित फरक क्षमता भएका २५ जना बालबालिकाहरुलाई पोशाक खाद्यान्न र औषधिको लागि रु १ लाख १ हजार १ सय एघार रुपैयाँ समेत सहयोग गरेको छ। उक्त रकमको चेक संस्थाका प्रतिनिधि नारायण अधिकारी लाई हस्तान्तरण गरिएको कार्यक्रमका सभापति तथा सामाजिक अभियन्ता राम रानाभाटले जानकारी दिएका छन् ।
डेन्टल बिषयमा स्नातक सकेर डेन्टल हाईजिनिस्टको रुपमा कार्यरत रहेकी गुरुङले आफ्नो रुचिको बिषय फेसन डिजाइन भएकोले सन् २०१७ मा आईएफसि फेसन कलेज पोखराबाट डिप्लोमा ईन फेसन डिजाईनिङ कोर्स गरेकी थिईन्। पोखरामा सम्पन्न विभिन्न फेसन सो तथा सुन्दरी प्रतियोगितामा आफ्नो ड्रेसको कौशलता प्रदर्शन गरिसकेकि छ्न् । लेकसाईड स्थित कुटि रिसोर्टमा सम्पन्न कार्यक्रम करिब तीन सय भन्दा बढिले अवलोकन गरेको आयोजक संस्थाका प्रबन्ध निर्देशक सुरज थापाले बताए। कार्यक्रमलाई ईभेन्ट होस्ट ईनिसा दुराले संचालन गरेकी थिईन्।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया