वाणिज्य बैंकको वार्षिकोत्सवमा फुटसल

संगम परियार
पोखरा–राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मैत्रिपूर्ण फुटसलको उपाधी दयाराम पन्तको टोलीले हात पारेको छ । पोखराको अमरसिंह फुटसलमा आयोजित प्रतियोगितामा निर्धारित समयमा हितकाजी गुरुङको टिमसँग दयारामको टिम ४÷४ को बराबरीमा रोकिएको थियो ।
पेनाल्टीमा दयारामको टोलीले हितकाजीको टिमलाई २÷१ ले पराजित गरेको राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय पोखराका प्रादेशिक प्रवन्धक प्रमोद अधिकारीले जानकारी दिए । प्रतियोगितामा पोखरा उपत्यका भित्रका ६ शाखा र प्रादेशिक कार्यालय गरी ७ कार्यालयको सहभागिता थियो ।
प्रतियोगितामा म्यान अफ दि म्याचको उपाधि दयाराम पन्त, बेस्ट गोलकिपर राम चन्द्र थापा, उदीयमान खेलाडी प्रणय क्षेत्री, अजित मन्डल र प्रकाश बोगटी र भेट्रान खेलाडी हितकाजी गुरुङ घोषित भए ।
राष्ट्रिय वाणिज्य बैंकको ५७ औ वार्षिकोत्सवको अवसर पारी माघ ५ गते रक्तदान, माघ ७ गते सबै कार्यालय परिसरमा सरसफाइ, माघ ८ गते प्रभातफेरी र माघ १० गते बैंकको वार्षिकोत्सव मनाइने राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराका प्रादेशिक प्रबन्धक अधिकारीले जानकारी दिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया