करिष्मा चेरिस्माको ब्रान्ड एम्बेस्डर

पोखरा ।
कोरोना महामारीका बेला २ वर्ष सेवा स्थगत गरेको चेरिष्मा इम्पोरियमले फेरि सेवा सुरु गरेको छ । १३ वर्षअघि सेवा आरम्भ गरेको चेरिष्मा महिलाका पोशाकका लागि प्रसिद्ध छ ।
आफ्नो सेवालाई प्रभावकारी बनाउन र प्रभावशाली प्रचारप्रसार गर्न चेरिष्माले अभिनेत्री करिष्मा मानन्धरलाई ब्रान्ड एम्बेस्डर बनाएको छ । आइतबार अभिनेत्री मानन्धर र सौन्दर्यविद् कमला श्रेष्ठले सेवा सुरुआत गरे ।
नायिक मानन्धरले पोखरामा फेसनको स्टोर्स खुल्दा पोखरेलीलाई निकै लाभ हुने बताइन् । जीवनमा सफलता पाए पनि त्यसमै चूपचाप नबसी निरन्तर सफलताको सिंढी चडिरहनुपर्ने उनले बताइन् । सौन्दर्यविद् श्रेष्ठले चेरिष्माको पुनरागमनले निकै हर्षित भएको बताइन् ।
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले चेरिष्माको पुनरागमनले फेसनको क्षेत्रमा विशेष अर्थ राख्ने बताए । सञ्चालक बराल ग्रन्ड ओपनिङमा सरिक हुन आग्रह गर्दै यसअघि करिब डेढ दशकमा दिएको साथ जस्तै ग्राहकको साथ पाउने अपेक्षा गरिन् । चेरिस्माको ग्रान्ड ओपनिङ पुस २५ देखि माघ २५ सम्म चल्नेछ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया