माओवादीबाट आएका पारस स्याङ्जा एमाले अध्यक्ष

निलोब लामिछाने
पाेखरा ।
पूर्व माओवादी नेता सूर्यप्रसाद गैरे ‘पारस’ नेकपा एमाले स्याङ्जा अध्यक्ष निर्वाचित भएका छन् । नारायण मरासिनीलाई पारसले १८३ मतले पराजित गरेका हुन् । गैरेले ४४० मत प्राप्त गरे । स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा सदस्य मरासिनीले प्रतिद्वन्द्वी मरासिनीले २५७ मत ल्याए । उपाध्यक्षमा कृष्ण खाण निर्विरोध भएका छन् । निर्वाचनमा ६९८ मत खसेको थियो ।
अध्यक्ष निर्वाचित गैर माओवादीबाट वैद्य समूहसँगै निस्किएर फेरि माओवादीमै फर्किएर रामबहादुर थापा बादलसँग एमालेमा मिसिएका हुन् । गैरेलाई केन्द्रीय सचिव पद्मा अर्यालको समर्थन थियो । मरासिनीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले समर्थन गरेका थिए । अधिवेशनका लागि ७ सय १० जना प्रतिनिधि थिए ।
माओवादीको भूमिगतकाल हँुदै राजनीतिमा लागेका गैरे एमाले र माओवादी एकताका बेला स्याङजा जिल्लामा अध्यक्ष बनेका थिए । पछि एमाले र माओवादी केन्द्र अलग हुँदा गैरे एमाले पार्टीमै बसेका थिए । राजेन्द्र डुम्रे ३९४ मतसहित सचिव निर्वाचित भए । सचिवका अर्का उम्मेदवार भूपराज अधिकारीले २८० मत ल्याए । उपसचिवमा विश्व पौडेल ३९५ मतसहित विजय भए । उपसचिवमा तारा शर्मासहित ३७३ विजयी भइन् । उपसचिवका अर्का उम्मेदवार जीवन पौडेलले १५८ र सन्तोष केसीले ३४६ मत ल्याए । उपसचिवमा विश्व पौडेल मरासिनी प्यानलबाट निर्वाचित भएका हुन् भने अरू सबै गैरेको प्यानलबाट चुनाव लडेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया