एमाले कास्कीमा खुला सदस्यका ६० उम्मेदवारबाट यी १२ जना भए निर्वाचित
समाधान संवाददाता
२०७८ पुष २९ गते १८:१४

पोखरा .
नेकपा एमाले कास्कीको १० औं अधिवेशनबाट सदस्यमा खुलाबाट १२ जना निर्वाचित भएका छन् । ९ सय २४ प्रतिनिधिमध्ये ८ सय ९५ जनाले मत हालेका थिए । १२ जना खुला सदस्यका लागि ६० जनाबीच प्रतिस्पर्धा भएको थियो । मत परिणाम बिहीबार सार्वजनिक भएको हो ।
खुलाबाट सदस्य निर्वाचित हुनेमा अर्जुन अधिकारी (३९४), झपट रानाभाट (३९२), कर्णबहादुर गुरुङ (३७२), एकराज गिरी (३५४), दामु अधिकारी (२७५), कलबहादुर रानाभाट (२२१), खगराज आचार्य (२११), चूडामणि बराल (२१२), भेषराज बराल (२०८), हरि लम्साल (१९९), हरिबोल गौतम (१९४), विवेक त्रिपाठी (१९२) छन् ।
एमाले कास्की अध्यक्षमा यसअघि नै मनबहादुर गुरुङ निर्वाचित भइसकेका छन् । उनले दामोदर बैरागीलाई पराजित गरेका हुन् । उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी, उपसचिव दर्शन लामा र नवराज ओझा निर्वाचित भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया