प्रदेश प्रमुखद्वारा होलीको शुभकामना
समाधान संवाददाता
२०७५ चैत ६ गते ९:४९

समाधान संवाददाता
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले रंगहरुको चाड होली पर्वको अवसरमा गण्डकी प्रदेशवासीलाई शुभकामना दिएका छन् । कुँवरले होलीजस्ता राष्ट्रिय पर्वले भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेकोसमेत बताएका छन् ।
वसन्त ऋतुको आगमन भएको सुखद् अवसरमा खुसीयालीस्वरुप विशेष उत्साह र उमंगका साथ मनाइने होलीले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
उनले होलीले विविध धर्म र संस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने अपेक्षा गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया