पोखराका किरणको दमौलीमा कोदालोले हानेर हत्या !

समाधान संवाददाता २०७८ पुष ३० गते १५:४३

दमौली ।


हत्या गरेको आरोपमा तनहुँ प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको व्यास नगरपालिका वडा ११ दरैपधेरामा पोखराका २६ वर्षीय किरणकुमार गुरुङको हत्या गरेको आरोपमा सोही ठाउँका २३ वर्षीय युवकलाई नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।

बिहीबार बिहान गुरुङको हत्या भएपछि घटनास्थल पुगेको प्रहरीको टोलीले हत्या गरेको व्यक्ति फरार भएपछि खोजी गरेको थियो । खोजीमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो । डुम्रे बजारमा सवारी साधनको जाँच गरी आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए ।

Advertisement

मृतकको टाउकोमा गहिरो चोट देखिएकाले हत्या गर्दा कोदालोको प्रयोग गरिएको अनुमान गरिएको छ । मृतक र नियन्त्रणमा लिएको व्यक्ति साथी रहेको बुझिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया