
अभिषेक अधिकारी
पोखरा ।
पछिल्लो समय कोभिड संक्रमणको दर बढेको बढ्यै छ । तर परीक्षणको दर खासै बढेको छैन । त्यसमाथि परीक्षण गर्ने प्रयोगशाला पहिलाको तुलनामा थपिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ जिल्ला रहेको गण्डकी प्रदेशमा कोभिड परीक्षण गर्ने ६ प्रयोगशााला छन् ।
पोखरामा ३, नवलपुर, बागलुङ, तनहुँमा १÷१ प्रयोगशालामा कोभिड १९ जाँच हुन्छ । अरु जिल्लामा कोभिड जाँच्ने प्रयोगशाला छैनन् ।
देशभर संक्रमण बढ्दै जाँदा कास्कीमा पनि खतरा बढेको छ । गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयका अनुसार प्रदेशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय नाघेको छ । कास्कीमा सर्वाधिक ८ सय ८० सक्रिय संक्रमित छन् । प्रदेशभरका संक्रमितमध्ये ४५ जनामात्र अस्पतालमा छन् । अन्य संक्रमित होम आइसोलोसनमा छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशभर ८ सय ३७ जनामा गरिएको परीक्षणमा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कास्कीमा १ सय ८६, स्याङ्जामा ६३, गोरखामा ४५, नवलपरासीमा ३४, तनहँुमा ३१, बागलुङमा ९, लमजुङमा ४, पर्वतमा ३, म्याग्दीमा २, मुस्ताङमा १ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २२ संक्रमण मुक्त भएका छन् ।
गण्डकीका डाक्टरहरुले निशुल्क परीक्षणको समय व्यवस्थापन नमिलेको र प्रचार नभएको बताएका छन् । समयमै परीक्षण गर्न नपाउँदा र कहाँ परीक्षण निशुल्क गरिन्छ भन्ने थाहा नहुँदा सर्वसाधारण र स्वास्थ्यकर्मीलाई मात्र नभई समग्र देशलाई नै असर गरेको बताइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९ सय ६१ संक्रमित थपिएका छन् । अब देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ हजार ६ सय ८० पुगेको छ ।










इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया