बेनी—जोमसोम सडकमा टाईम कार्ड

जोमसोम—
उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्डमा टाईम कार्ड लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहिबार एक सूचना प्रकाशित गरी बेनी—जोमसोम सडक आयोजनाको काभ्रेभीर, महभीर खण्ड रक कटिङ गर्नुपर्ने र तातोपानी देखि नौनी बगर सडक बिस्तार एवं स्तरोन्नति तिब्र रुपमा अघि बढाउनु पर्ने भन्दै टाईम कार्ड लगाएको हो ।
यस्तै, बेनी—जोमसोम सडकको काभ्रेभीरमा पनि रक कटिङ गरी सडक चौडा गर्ने कार्य भईरहेको छ । एक साता अघिबाट त्यहा ब्लास्टिङ गरी सडक चौडा गर्ने काम भएको हो । काभ्रेभीरमा सडक स्तरोन्नति गर्न टाईम कार्ड लगाईएको थिएन । महभीर र नौनी बगरमा लगाईको टाईम कार्डले काभ्रेभीर सडक स्तरोन्नतिलाई समेत सहयोग पुग्ने देखिएको छ ।
यसअघि बेनी—जोमसोम सडकमा टाईम कार्ड लागु नहुँदा सडक स्तरोन्नति कार्यमा बाधा पर्दैआईरहेको थियो । म्याग्दी प्रशासनका अनुसार बेनी—जोमसोम सडकको काभ्रेभीरमा माघ १० गते देखि माघ २९ गतेसम्मका लागि दैनिक ६ घण्टा सडक आवागमन बन्द गर्ने गरी टाईम कार्ड लगाईएको हो । जस अनुसार ८ बजे देखि ११ बजे र दिउँसो १ बजे देखि ४ बजेसम्म सडक बन्द हुने जनाईएको छ ।
राष्ट्रिय गौरवको कोरला सडकखण्डको स्तरोन्नति आव २०७३÷०७४ सालदेखि सुरु गरिएको थियो।बेनी—जोमसोम ७६ किमी ४ खण्ड र जोमसोम—कोरला ११० किमी ७ खण्डमा काम भईरहेको थियो ।कमजोर धरातलीय संरचनाका कारण प्राकृतिक विपद्ले बेनी—जोमसोम खण्ड बर्सेनि स्तरोन्नतिकार्यमा बाधा पुग्ने गरेको छ ।
राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत जोमसोम—कोरला ९५ प्रतिशत भौतिक प्रगती हँुदा बेनी—जोमसोम खण्डमा जम्मा ६५ प्रतिशत मात्र भौतिक प्रगती भएको हो ।









१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया