माइक्रोसफ्टको ‘विन्डोज १०’ अपरेटिङ चलाउने ८० करोडभन्दा बढी

समाधान संवाददाता २०७५ चैत ६ गते १४:०२

विश्वको चर्चिच कम्पनी माइक्रोसफ्टले ल्याएको नयाँ अपरेटिङ सिस्टम विन्डोज १० विश्वभरमा ८० करोडभन्दा धेरै डिभाइसमा चलिरहेको जनाएको छ । माइक्रोसफ्टले लिएको करिब १ अर्बको लक्ष्य नजिक विन्डोज १०को ग्राहक पुग्न लागेको भन्दै उक्त विवरण सार्वजनिक गरेको हो ।

मोर्डन लाइफ डिभाइसेज ग्रुपका कर्पोरेट भाइस प्रेसिडेन्ट यूसूफ महदीले ट्वीटमार्फत भनेका छन्, ‘विन्डोज १० अपरेटिङ सिस्टम ८० करोडभन्दा बढी पुगिसकेका छन् । हाम्रो सहायता गर्न तथा विन्डोजको इतिहासमा सर्वाधिक ग्राहक सन्तुष्टि दिएकोमा सबै प्रयोगकर्तालाई विशेष धन्यवाद ।’

समाचार एजेन्सी सिन्ह्वाका अनुसार सन् २०१५ जुलाइमा सार्वजनिक भएको विन्डोज १०लाई ८० करोड प्रयोगकर्ता पु¥याउन करिब ३ वर्ष ८ महिना लागेको छ । माइक्रोसफ्टले विन्डोज १० को ग्राहक करिब १ अर्ब बनाउन ३ वर्षको समयसीमा राखेको थियो । तर उसले गत वर्ष उक्त लक्ष्य हासिल गर्न सकेको थिएन ।

Advertisement

तपाईको प्रतिक्रिया