पोविवि परिसरमा अस्पताल बन्ने

समाधान संवाददाता २०७५ चैत ७ गते ७:४९

समाधान संवाददाता

पोखरा विश्वविद्यालयले केन्द्रीय कार्यालय हाताभित्र अस्पताल बनाउने भएको छ । १ सय ५० शड्ढया क्षमताको उक्त अस्पतालको शिलान्यास बिहीबार गरिने भएको छ ।

मेडिकल कलेज नभई विद्यार्थीलाई इन्टर्नसिप गराउनमात्रै बनाउन लागिएको विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले जानकारी दिए । ‘विश्वविद्यालयले आफ्नै मेडिकल बनाउने पहिल्यैदेखि सोचिरहेको हो । त्यसको अनुमति पनि पाइसकेका छौं,’ उनले भने, ‘तर त्यसका लागि हामीले अझै पनि उपयुक्त जग्गा पाइराखेका छैनौं । पटकपटक प्रयास गर्दा पनि सफल भएनौं ।’

Advertisement

शर्माले विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा विद्यार्थीले प्रयोगात्मक कक्षा लिन कठिनाइ भइरहेको बताए । उनले भने, ‘आफ्नै अस्पताल नहु“दा प्यारामेडिकल कोर्सका प्रयोगात्मक अभ्यास गर्न अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो । यसबाट विद्यालय र विद्यार्थी दुवैलाई गाह्रो र खर्चिलो पनि भइरहेको थियो ।’ उनले पियुको आफ्नै अस्पताल बनेपछि सबैलाई सहज हुने दाबी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया