भीरबाट लडेर जापानी पर्यटकको मृत्यु

समाधान संवाददाता
मर्दी हिमालतर्फ पदयात्रामा गएका जापानी पर्यटककोे भीरबाट लडेर मृत्यु भएको छ । चैत १ गते काठमाडौंको हिमालयन शेर्पा एड्भान्चर कम्पनीबाट आएका जापानी १ नागरिकको मृत्यु भएको हो । बुधबार मर्दी हिमालको भ्यु प्वाइन्ट पुगेर फर्किने क्रममा जापनी नागरिक ६४ वर्षे नाजासावा मजाशीको मृत्यु भएको प्रहरीले जनाएको छ । जापनी ४ नागरिक र नेपाली २ गाइड गरी ६ जना मर्दी हिमालको लागि ट्रेकिङमा गएका थिए । करिब ८ सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको स्थानीय होटल सञ्चालकले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
दुर्घटनामा पुनको मृत्यु
होली मनाउन पोखरा आउँदै गरेका युवाको बुधबार धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१३प ८०८५ नम्बरको मोटरसाइकल र हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना६ख ४११४ नम्बरको ट्रक बेनीघाटरोराङ गाउँपालिका–५ बेनीघाट गोमती पुलमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएका थिए । उपचारका लागि काठमाडौं लाँदै गर्दा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् । दुर्घटनामा सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया