विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’को ‘ट्रेड पेपर-ब्याक’ संस्करण सार्वजनिक

काठमाडौं ।
आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । हाल डेनमार्क बसिरहेका लेखक पौडेल गण्डकी प्रदेशको म्याग्दीका स्थायी बासिन्दा हुन् ।
“मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ ।”, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ ।
यस पुस्तकमा ढुङ्गेयुगदेखि विधुतीय चमत्कारसम्मका मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले समना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरूसमेत छन् ।
पुस्तकबारे लेखक पौडेल भन्छन्, “यस पुस्तकमा मूलत: सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमान्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु, साथै युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू पनि यस पुस्तकमा छन् ।”
म्याग्दीमा जन्मिएर डेनमार्कमा बस्दै आएका कृष्ण पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविधालय स्वीडेनबाट इकोनोमिक हिस्ट्रीमा स्नातकोत्तर गरेका छन् ।
‘ट्रेड पेपर-ब्याक’ संस्करणमा प्रकाशन भएको यो पुस्तक बजारमा सीमित कपीहरूमात्रै वितरण हुनेछ । पाठकको रुचीअनुसार ‘मास मार्केट पेपरब्याक’ कोरोनाको प्रभावपछि सार्वजनिक गरिनेछ ।
सात खण्डमा विभाजित २९६ पृष्ठको किताबको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।










पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया