र्यापर लाउरेको थुना बसाइ ११ दिन लम्बियो

पोखरा ।
र्याप गायक आशीष राना ‘लाउरे’ लाई ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । ब्राउन सुगर कारोबार गर्ने समूहसहित लाउरे पक्राउ परेका थिए । यसअघि लाउरेलाई पहिलो पटक ८ दिन र दोस्रा ेपटक १७ दिनका लागि म्याद थप गरिएको थियो ।
लाउरेसहित ४ जनालाई कास्की प्रहरीले न्युरोडबाट पुस १४ गते पक्रेको थियो । प्रहरीले करिब १३ ग्राम ब्राउन सुगरसहित लाउरे र अरु ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुव थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका बिक्की भन्ने ३० वर्षीय नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङ छन् । सुस्मिताको स्थायी ठेगाना स्याङ्जाको भीरकोट नगरपालिका हो । उनीहरुबाट डिजिटल तराजु १ थान, नगद ३८ हजार ३५० रुपैयाँ, मोबाइल सेट ५ थान स्कुटर १ थान बरामद भएको थियो ।
लाउरे चर्चित नेपाली टिभी रियालिटी सो हिमालय रोडिजका जज पनि हुन् । लागुऔषध कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ । लाहुरे लागुऔषध सेवनकर्तामात्र रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
अरु लागु औषधको दाँजोमा ब्राउन सुगर वा कोकिनमा कडा सजायको व्यवस्था छ । २५ ग्रामभन्दा कम भेटिएको अवस्थामा ५ देखि १० वर्षसम्म जेल सजाय हुन सक्छ । अफिम, कोका वा सोबाट बनेको लागुऔषधको सेवन गर्नेको हकमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । लागु औषध मुद्दामा कैद छुटको कानुनी प्रावधान छैन ।
लागुपदार्थ दुव्र्यसनको कुलत पोखरामा ठूलो समस्याका रुपमा छ । गएको शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीभित्र नवनिर्मित ४ भवनको उद्घाटन समारोहमा एसपी रमेश थापाले बताए अनुसार हिरासतमा रहेकामध्ये ९० प्रतिशत लागुपदार्थ दुव्र्यसनका अभियुक्त छन् ।








सरकार र ‘जेन–जी’ बीचको सम्झौतालाई ओलीले भने : गोबरमाथि नाग टाँसेको कलाविहीन नाटक
संकट र सम्भावनाको दोबाटोमा देश
सम्पादकीय—ठूला प्रकरण छानबिन गर
साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया