एमाले प्रदेश अधिवेशन स्थानीय चुनावपछि
समाधान संवाददाता
२०७८ माघ २० गते ११:१६

काठमाडौं ।
नेकपा (एमाले)ले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो ।
त्यस्तै, एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछिमात्रै गर्ने भएको छ । बाँकी रहेका जिल्ला अधिवेशन भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ । ‘स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ’, एमालेले भनेको छ ।
सम्बन्धित







पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया