शनिबारसम्म मौसम बिग्रने

काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले भनेको छ—यो साताभरि मौसममा सुधार हुने छैन । विभागको विशेष मौसम बुलेटिनमा न्यून चापीय प्रणालीका कारण आगामी शनिबारसम्म देशका विभिन्न ठाउँमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको उल्लेख छ ।
गण्डकीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी र हिमाली भूभागका विभिन्न स्थानमा बिहीबार हल्का हिमपातको सम्भावना छ । पहाडी र तराईका धेरै स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा शुक्रबार र शनिबार भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान विभागको छ ।
देशका उच्च पहाडी र हिमाली धेरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम हिमपात तथा देशका पहाडी र तराईका धेरै स्थानमा मेघ गर्जन सहित चट्याङ र असिना एवं हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । यो मौसमी प्रणाली आइतबारदेखि कमजोर हुँदै जाने कारण त्यसपछि मात्रै मौसम खुल्ने विभागको अनुमान छ । विभागले यो अवधिमा चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन सतर्क पनि गराएको छ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको विभागको अनुमान छ । त्यसैले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया