स्थानीय निर्वाचन लक्षित गतिविधिमा केन्द्रीत हुँदै कास्की एमाले

पोखरा ।
गठबन्धन सरकारले स्थानीय निर्वाचनको मिति घोषणा नगर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले भने निर्वाचन लक्षित गतिविधि बढाएको छ । कोरोनाका कारण जिल्ला कमिटीको पूर्ण बैठक बस्न नसक्दा २५ जना भित्रै उपस्थिति रहनेगरी क्षेत्रअनुसारको बैठक बोलाइ स्थानीय निर्वाचन लक्षित खाका बनाउन कस्सिएको हो ।
कास्की क्षेत्र नम्बर २ (क) बाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरुसँगको बिहीबारको बैठकमा पार्टीको केन्द्रीय अभियान सहितका कार्यक्रमलाई अघि बढाउने निर्णय भएको उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।
बैठकले पार्टी सदस्यहरुको विवरण रोष्टरमा तयार गर्ने, विकास निर्माणका कार्यहरुको विवरण उतार्ने र स्वेतपत्र तयार गर्ने निर्णय गरेको छ ।
‘जिल्ला भित्रका विकास निर्माणमा पार्टीको भूमिका र पहलकदमीको अभिलेख राख्छौं,’ उपाध्यक्ष अधिकारीले भने, ‘केन्द्रीय कमिटीको पार्टी प्रवेश र घर फर्क अभियानलाई तीव्रता दिने छौं ।’ मतदाता नामावाली अद्यावधिक गर्न नागरिकलाई सहयोग तथा पहलकदमी गर्ने र कार्यकर्ता प्रशिक्षणको कार्यक्रम अघि बढाउने निर्णय बैठकले गरेको छ ।
बैठक जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । बैठकमा कास्की इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य भीमबहादुर कार्की, कास्की सहइन्चार्ज तथा केन्द्रीय कमिटी सदस्यहरु विद्या भट्टराई, कृष्ण थापा, राजीव पहारी, मीनाकुमारी गुरुङ, बालकृष्ण काउचा मगर, प्रदेश उपसचिव रश्मी आचार्य, कास्की उपसचिवद्वय दर्शन लामा र नवराज ओझाको उपस्थिति थियो । जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले बैठक सञ्चालन गरेका थिए ।








सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
पोखरामा सय शय्याको जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया