पोखरामा गाडी तान्दै, बाइक घचेट्दै मूल्यवृद्धिको विरोध

गाडी तान्दै, बाइक घचेट्दै मूल्यवृद्धिको विरोध
पोखरा, २० माघ
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरुद्ध एमालेको भातृसंस्था युवा संघले सांकेतिक विरोध गरेको छ । संघले पोखराको चल्तीको बजार चिप्लेढुंगादेखि महेन्द्रपुलसम्म बिहीबार अपराह्न विरोध प्रदर्शन गरेको हो ।
गाडीलाई डोरीले तान्दै र मोटरसाइकललाई डोर्याउँदै युवाहरुले मूल्यवृद्धिको विरोध गरेका थिए । चिप्लेढुंगादेखि गाडी र मोटरसाइकल तान्दै र घचेट्दै युवाहरुको जुलुस महेन्द्रपुलमा पुगी कोणसभामा परिणत भएको थियो । जुलुसका सहभागी युवाले मूल्यवृद्धि फिर्ता गर, जनताले सिटामोल कहिले पाउँछन् ?, स्थानीय तहको निर्वाचन गर, २४ लाख खोप खोई ? लगायत नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारीले सुशील कोइराला प्रधानमन्त्री हुँदा १४० रुपैयाँ लिटर बनाएर राखेको रेकर्ड कांग्रेसकै नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएर १४२ बनाई रेकर्ड तोडेको बताए ।
संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले मूल्यवृद्धि फिर्ता नलिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुने बताए ।
सभामा संघका कास्की अध्यक्ष पानबहादुर क्षेत्रीले मूल्यवृद्धि फिर्ता गरेर जनतालाई राहत दिन आयल निगमलाई नाफामा लैजान सरकारलाई आग्रह गरे ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि सरकारविरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले बिहीबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि सरकारविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन, एमसिसी खारेज गर्न माग गरेका छन् । बुटवलमा पनि प्रदर्शन भएको छ ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया