तनहुँका गोविन्द प्रधानमन्त्रीको सल्लाहकार
समाधान संवाददाता
२०७८ माघ २१ गते १७:३४

काठमाडौं ।
तनहुँ भानु नगरपालिका स्थायी घर भएका गोविन्द परियारलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रेस सल्लाहकार नियुक्ति गरेका छन् । परियारले अन्नपूर्ण पोस्ट, नागरिक, समय लगायत पत्रिकामा गरी २ दसक पत्रकारिता गरेका छन् । पछिल्लो समय उनी काठमाडुप्रेस डटकमको सम्पादक थिए ।
यसअघि प्रधानमन्त्री रहँदा नै देउवाको प्रेस संयोजकका रुपमा कार्यकाल सम्हालेका परियार देउवा पदमा नरहँदा पनि प्रेस सल्लाहकारकै रुपमा सक्रिय थिए । उनलाई हालै माघ १ गतेबाट लागु हुने गरी प्रधानमन्त्रीले नियुक्ति दिएका हुन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएपछि परियारले आफूलाई प्रधानमन्त्रीको नजिक रहेर काम गर्ने मौका मिलेको र प्रतिबद्ध भएर मिडियासम्बन्धी विषयमा प्रधानमन्त्री र उनको टिमलाई सहयोग गर्ने बताए ।
सम्बन्धित







सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
पोखरामा सय शय्याको जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया