दुलाहा चढेको कारलाई पोखराको तालचोकमा जिपले ठक्कर दिएपछि
समाधान संवाददाता
२०७८ माघ २२ गते १२:३६

पोखरा ।
दुहली लिन जाँदै गरेका स्याङ्जाको आँधीखोला गाउँपालिका ३का दुलाहा दीपक खत्री चढेको कार पोखराको तालचोकमा दुर्घटनामा परेको छ । उनी सवार ग२च ८५५२ नम्बरको कारलाई शनिबार बिहान पौने १० बजे पछाडिबाट एउटा जिपले ठक्कर दिई सडक किनाराको नालामा पु¥याएको थियो ।
पूर्वी नवलपरासीको गैंडाकोटका लागि जाँदे गरेका दुलाहाको कारलाई ग२च ३११७ नम्बरको जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले जनाएको छ । दुहाला, उनका बुवासहितका यात्रु सकुशल छन् ।
ठक्कर दिएको तरकारी बोक्ने जिप र बेहुला चढेको कार दुवै प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकमा डिएसपी महेन्द्र मरासिनीले बताए । उनका अनुसार जिप चालक गौतम गुरुङलाई ट्राफिक प्रहरीको जिम्मा लगाइएको थियो । बेहुला र जन्तीहरु भने अर्काे कार व्यवस्था गरी गैंडाकोट लागेका छन् ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया