रहेनन् मुस्ताङी आम्ची

सुन्दरकुमार थकाली २०७८ माघ २३ गते १६:५८
मुस्ताङका आम्ची सेवा तथा सांस्कृतिक धरोहर आम्ची ङहवाङ गुरुङ ।


जोमसोम—

Advertisement

जन्मपछि मृत्यु साश्वत सत्य छ ।पृथ्वी लोकमा पैदा भएका सबै प्राणी जगत एवं दैवी शक्ती पाएका र आम मनुष्य जगत यस धर्ती लोकबाट बिलय हुनु संसारिक नियमनै हो । घोर तपस्या र साधना गर्ने देवी देवता÷ राक्षस देखी आम सर्वसाधरण मनुष्यले अन्नतः एकदिन पृथ्वीलोकबाट बिदा लिनैपर्ने हुन्छ ।
झन्डै ४० को दशक हो ,मुस्ताङमा भरपर्दो अस्पताल र स्वास्थ्य केन्द्र थिएन । कुनै रोगको उपचार गर्नु परेमा आयुर्वेदिक स्वास्थ्य उपचारकै भर पर्नुपर्ने हुन्थ्यो । मुस्ताङमा अहिलेको जस्तो नत सडक सञ्जाल थियो ,नत भरपर्दो उपचार गर्ने स्वास्थ्य केन्द्रनै ।सुगमको अस्पतालमा उपचार गर्न जादा हप्तौहप्ता लाग्ने गथ्र्यो । हिमाली जिल्ला मुस्ताङका जोकोही सर्वसाधारणलाई कुनै रोगका कारण बिरामी परेमा आयुर्वेदिक स्वास्थ्य उपचारकै भर पर्नुपर्ने थियो ।यद्यपी अहिलेको आधुनिक परिवेशमा समेत आयुर्वेदिक शिक्षा र स्वास्थ्य उपचारमा आम जनताको जनविश्वाश उक्तिकै छ ।
तिब्बती थेरापी र आयुर्वेदिक पद्यतीबाट मुस्ताङी जनताको स्वास्थ्य उपचार गरी हजारौको ज्यान बचाउदै आईरहेका व्यक्ति हुन् आम्ची छम्व ङहवाङ गुरुङ ।उनको गत हप्ता आफ्नै निवासमा मृत्यु भएको छ ।मुस्ताङको घरपझोङ—५ ढुम्बा निवासी आम्ची गुरुङ मुस्ताङका प्रख्यात आम्ची चिकित्सक हुन् ।उनलाई स्वदेश तथा प्रवासी नेपालीहरुले आम्ची चिकित्सक रुपमा चिन्ने गर्छन् ।क्यान्सर रोगले ग्रष्त आम्ची गुरुङको ७३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । दुर्गम जिल्लामा कार्यरत एक सफल आम्ची चिकित्सक गुरुङ गुमाएकोमा मुस्ताङबासी अहिले शोकमा छन् ।आम्ची शिक्षा मार्फत हजारौंको ज्यान बचाउदै आएका आम्ची गुरुङले आफ्नै ज्यान बचाउन सकेनन् । त्यसो त उनका लागि अहिलेको आधुनिक अस्पताल समेत उनको ज्यान बचाउन सफल हुन सकेन । अन्नतः उनी यो ससारबाटै बिदा लिन पुगे ।

मुस्ताङी धरोहर आम्ची गुरुङले परम्परागत र विभिन्न विश्वविद्यालमा आयुर्वेद शिक्षा हासिल गरी गरी हजारौको ज्यान बचाएका छन् । आम्चीको शाब्दिक अर्थ हो डाक्टर । उनी यही बिधामा दक्षता हासिल गरी बिरामीको उपचार गर्दै आईरहेका थिए । आयुर्वेदिक चिकित्सा क्षेत्रमा दक्षता हासिल गर्ने उनी नवौ पुस्ता हुन् । यसअघि उनका आठौ पुस्ताले समेत यस बिद्यालाई पछ्याएका थिए । आम्ची गुरुङको निधनपछि दशौ पुस्ता सम्हाल्न उनले कान्छा छोरा छेवाङ घ्यूर्मीलाइ अघि सारिसकेका छन् । आम्ची गुरुङले यसप्रकारको आम्ची शिक्षा ७ वर्षको उमरबाटै बुबाबाट सिकेका थिए ।घरबाटै आम्ची शिक्षा ग्रहण गरेको गुरुङले त्यसपछि तिब्बत भारतका विश्वविद्यालयबाट आफ्नो बिद्यालयलाई झनै शक्तिशाली बनाए ।उनले यस शिक्षालाई पुस्तान्तरण मात्र होईन अन्यलाई समेत अगाडी बढाउन र आयुर्वेदिक शिक्षाको प्रर्वद्धन गर्न आम्चीअध्ययन सञ्चालन गरेका थिए ।
आम्ची गुरुङ मानसको उपचारमा मात्र सीमित थिएनन् ,उनी आयुर्वेद शिक्षाको माध्यमबाट पशुचौपायाको समेत उपचार गर्ने गथ्र्ये ।उनी आयुर्वेद पशु बिशेषज्ञ समेत हुन् ।तिब्बती सस्कृतिको धरोहर रहेको हिमाली जिल्ला मुस्ताङको मौलिक कलासस्कृति संरक्षण तथा प्रर्वद्धनमा समेत उक्तिकै योगदान दिएका छन् ।उनले मुस्ताङ जिल्लाका अधिकांश गुम्बा,छोर्तेन ,माने आदीमा कलात्मक भित्ते लेखन अर्थात थान्का बनाउन काम गरेका थिए ।कल संस्कृतिको उत्थान र सरक्षणक्षेत्रमा योगदान पू¥याएका आम्ची गुरुङ मुस्ताङका सांस्कृतिक अभियान्ता हुन् ।आम्ची गुरुङको सहयोगमा स्वदेश तथा विदेशका विभिन्न रिसर्च बिज्ञ टोलीले मुस्ताङको कलासस्कृति र मौलिकताका बिषयमा दजनौ पुस्तक समेत तयार गरिसकेका छन् । उनको बारेमा माउन्ट कैलाश जर्नर रिसर्चमा आम्ची शिक्षाका यसको महत्वको बिषयमा उल्लेख गरिएको छ ।
आम्ची ङहवाङ गुरुङलाई सन् २००१ मा भर्जिनिया टेक युनिभर्सिटीमा एसियन संस्कृतिका बारेमा अध्यापन गराउन भिजिटिङ प्रोफेसरका रुपमा बोलाइएको थियो । उनले झण्डै ६ महिना त्यहाँ सयौंलाई एसियन संस्कृतिका बारेमा पढाए ।

भर्जिनिया टेक युनिभर्सिटीमा धर्म र संस्कृतिबारे पढाउने कलाकार जेन लिलियन भेन्सले नेपाल आउँदा आम्ची ङहवाङलाई भेटेकी थिइन् । उनी आम्ची ङहवाङसँग अन्नपूर्ण टे्रकिङमा गएकी थिईन भने तिब्बती र मुस्ताङी संस्कृतिको बारेमा ज्ञान हासिल गरेकी थिइन् ।त्यसपछि उनैको पहलमा ङहवाङ भिजिटिङ प्रोफेसरका रुपमा अमेरिका गएका थिए । अमेरिकामा उनलाई ६ महिनाका लागि झण्डै ४० हजार डलर पारिश्रमिक दिइएको थियो । उनलाई बिदाई गर्ने बेलामा कलाकार भेन्सले उनको जीवनयात्राको बारेमा थाङ्का कला बनाउने अनुमति मागेकी थिइन् ।
कलाकार भिन्सले ङहवाङको जीवनयात्रालाई समेटेर थाङ्कामा उतारेकी थिइन् । उक्त थाङ्का सन् २००७ को जुनमहिनामा कलाकारसहितको टोली भर्जिनियाबाट मुस्ताङ आएर ङहवाङकै गाउँमा पुगेर हस्तान्तरण गरिएको थियो । थाङ्कामा छम्ब ङहवाङको जीवनयात्रालाई विभिन्न तीनवटा भाषा (तिब्बती, अँग्रेजी र चित्र) मा समेटिएको छ । उनी को हुन्, उनको योगदान के हो लगायतका विषयहरु थाङ्कामा समेटिएको छ । विभिन्न १२ भागमा ङहवाङको जीवनयात्रालाई सचित्र उल्लेख गरिएको छ ।
मुस्ताङमा स्याउ खेती सुरु गर्न महत्वपूर्ण योगदान दिएका आम्ची गुरुङ मुस्ताङका सफल कृषक समेत हुन् । उनकै पहलमा मुस्ताङमा स्याउ खेती सुरु भएको घरपझोङ—३ का स्थानीय शेरबहादुर गुरुङले जानकारी दिए । मुस्ताङ जिल्लाको तिब्बती कलासंस्कृति र मुस्ताङको खनिज तथा जैविक विविधता महत्व दर्शाई आन्तरिक तथा हाह्य पर्यटक आर्कर्षित गर्न उनकै पहलमा जोमसोममा ईको म्युजिम स्थापना भएको थियो । जोमसोम ईको म्युजियमको संस्थापक अध्यक्ष थिए ।

यस्तै,वारागुङ मुक्तिक्षेत्रको उत्थानका लागि वारागुङ सेवा समितिको सस्थापक रही आम्ची गुरुङले जिम्मेवारी निर्वाह गरिसकेका थिए ।मुस्ताङमा रही आयुर्वेद शिक्षा र मुस्ताङको कलासंस्कृति समुत्थानमा योगदान दिए वापत उनलाई २०७५ सालमा नेपाल सरकार अन्तर्गत राष्ट्रपतीबाट जनसेवा पदकले बिभुषित गरिएको थियो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया